सरकार र उखु किसानबीच चार बुँदे सम्झौता, आन्दोलन स्थगित (भिडियोसहित) « Khabarhub

सरकार र उखु किसानबीच चार बुँदे सम्झौता, आन्दोलन स्थगित (भिडियोसहित)

सम्बन्धित उद्योगहरुबाट बक्यौता रकम २१ दिनभित्र उपलब्ध गराइने


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बक्यौता रकम भुक्तानीको माग राख्दै आन्दोलनरत उखु किसान र सरकार चार बुँदे सम्झौता भएको छ ।

सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र आन्दोलनरत उखु किसान संघर्ष समितिबीच चार बुँदे सम्झौता भएको हो ।

मन्त्रालयमा भएको छलफलमा सरकारले २१ दिनभित्र किसानको सबै बक्यौता रकम उपलब्ध गराउने सहमति भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टका स्वकीय सचिव हितेश ओझाले जानकारी दिए ।

सम्झौताअनुसार उखु किसानको बक्यौता भुक्तानी नगर्ने चिनी उद्योगीको सम्पति रोक्का राख्ने, नगद कारोबार रोक्का राख्ने र चुनुवा पूर्जी जारी गर्ने लगायतका कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

भिडियो हेर्नुहोस्

https://www.facebook.com/khabarhubofficial/videos/212605503818273

त्यस्तै उखु किसान र चिनी उद्योगसँग सम्बन्धित अन्य समस्याका बारेमा अध्ययन गरी १२० दिन भित्र सुझाव पेश गर्न एक संयुक्त प्राविधिक समिति गठन गर्ने निर्णय गरिएको छ ।

त्यस्तै, जिल्ल प्रशासन कार्यालय, सर्लाहीले तौल काँटाको बारेमा गरेको निर्णय तुरुन्त स्थगित गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको छ ।

काठमाडौँमा हाल उखु किसानले गरिरहेको धर्ना तत्काल स्थगन गर्ने सम्झौता भएको छ ।

यस्तो छ सम्झौता पत्र

सरकारले बक्यौता रकम दिलाउने आश्वसन दिए पनि अझै भुक्तानी नपाएको भन्दै उखु किसानले केही दिन यता निरन्तर काठमाडौँमा आन्दोलन गर्दै आएका थिए ।

गत वर्ष पुस १८ गते उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले उखु किसानसँग लिखित सम्झौता गरी माघ ७ गतेभित्र सम्पूर्ण बक्यौता दिलाउने प्रतिवद्धता जनाए पनि कार्यान्वयन नभएको भन्दै उनीहरु आन्दोलित भएका थिए ।

 

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ७ : ३८ बजे

लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित

बर्डफ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा

काठमाडौं– सदर चिडियाखाना जावलाखेलमा बर्डफ्लु (एच फाइभ एन वान) को

राष्ट्रपतिरा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकन

ललितपुर– राष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री वालेन्द्र शाहले वर्षा

समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा

एजेन्सी– इरान र अमेरिकाबीच स्विट्जरल्याण्डमा हुने भनिएको वार्ता स्थगित भएपछि

राहुघाट जलविद्युत् आयोजना : भौतिक संरचना परीक्षण गर्न सुरु

म्याग्दी– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको