प्रवक्ता शर्माको प्रश्न : ओली सरकारले बाँडेका सपना कहाँ पुगे ? « Khabarhub

प्रवक्ता शर्माको प्रश्न : ओली सरकारले बाँडेका सपना कहाँ पुगे ?


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले शासन गर्ने  नैतिक र जानीतिक आधार गुमाइसकेको बताएका छन् ।

संसद विघटनविरुद्ध काठमाडौं क्षेत्र नम्बर २ ले कोटेश्वरमा गरेको सभालाई सम्बोधन गर्दै प्रवक्ता शर्माले यस्तो बताएका हुन् ।

प्रवक्ता शर्माले ओली र प्रचण्डबीचको भागबण्डा नमिल्दा अहिलेको स्थिति आएको बताए । उनले कम्युनिष्ट सरकारले  रेल, पानीजहाज, पानीका धाराबारे जनतालाई बाँडेको सपना कता गयो ? भन्दै प्रश्नसमेत गरेका थिए ।

प्रवक्ता शर्माले नेपाली काँग्रेस कसैको पक्षमा नभई जनताको पक्षमा रहेको बताए ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति कस्तो बन्नुपर्छ भन्ने कुरा पूर्व राष्ट्रपति रामवरण यादवसँग सिक्नका लागि आग्रह गरे ।

अहिलेको अवस्था आउनुमा प्रधानमन्त्री केपी ओली, प्रचण्ड, माधव नेपाल सबै दोषी रहेको आरोप लगाए ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ८ : ५० बजे

सरकारलाई गायिका एलिनाको प्रश्न : ज्यान जानुको जिम्मेवार को ?

काठमाडौं – तराई मधेशमा फैलिएको तनावमा चार जनाले ज्यान गुमाएपछि

एसएसपीदेखि एआईजीसम्मका १५ उच्च प्रहरी अधिकृतलाई तराई-मधेशमा पठाइयो 

काठमाडौं– तराई–मधेशमा पछिल्ला दिनमा विकसित सुरक्षा अवस्थाको मूल्यांकन गर्दै नेपाल

प्रधानमन्त्रीलाई मधेशवादी दलका नेताले सोधे : चार दिनसम्म के हेरेर बस्नुभयो ? 

काठमाडौं– मधेशवादी दलहरूसँग छलफल गरेका प्रधानमन्त्री वालेन्द्र शाह प्रश्नले घेरिएका

कर्फ्युपछि मधेशका केही जिल्लामा अवस्था शान्त

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शनपछि स्थानीय

मध्यपूर्वमा द्वन्द्व फैलिएपछि १६ जना भारतीय नागरिकको मृत्यु

एएनआई– मध्य पूर्वमा द्वन्द्व सुरु भए देखि यस क्षेत्रमा जारी