यस्तो छ विश्वको सबैभन्दा सानो ‘३ जी’ फिचरसहितको फोन « Khabarhub

यस्तो छ विश्वको सबैभन्दा सानो ‘३ जी’ फिचरसहितको फोन


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटा टेक कम्पनीले संसारकै सबैभन्दा सानो फोन सार्वजनिक गरेको छ । जेन्को टाइनी टि २  नाम दिइएको उक्त फोन संसारकै सानो भएको निर्माण कम्पनीले दाबी गरेको छ ।

यो फोन जेन्को टाइनी टि १ को नै अपग्रेटेड भर्जन भएको कम्पनीले बताएको छ । यसमा प्रयोगकर्ताले कुल १४ फिचर्ससँगै क्यामराको पनि सुविधा पाउँछन् ।

कम्पनीले यस डिभाइसलाई अमेरिकामा किकस्टार्टरअन्तरगत सार्वजनिक गरेको छ । ग्राहकले यसलाई कम्पनीको आधिकारीक वेबसाइटको माध्यमबाट बुक गराउन सक्छन् ।

हेर्नमा यो एक सानो फीचर मोबाइल फोन हो, तर यसको मुल्य भने महँगो छ । कम्पनीले यस फोनको मुल्य १४ हजार ५०३ अमेरीकी डलर तोकेको छ ।

विश्वको सबैभन्दा सानो ३जी मोबाइल फोन जेन्को टाइनी टि २ बाट फोटोग्राफी पनि गर्न सकिनेछ । यस मोबाइल फोनमा फोटो र भिडियो सुट गर्न सकिन्छ। फोटोग्राफीको लागी डुअल फ्रन्ट र रियर क्यामरा रहेको छ ।

यसको अलवा यसमा माइक्रोएसडी कार्ड स्लट पनि दिईएको छ । जहाँ ३२जीबी सम्मको माइक्रोएसडी कार्ड प्रयोग गरेर यसको स्टोरेज बढाउन पनि सकिन्छ । फोटो क्लिक गरेपछि प्रयोगकर्ताले एसडी कार्डको मद्दतबाट फोटो सिधै आफ्नो अर्को फोनमा ट्रान्सफर गर्न सक्ने फिचर समेत रहेको छ ।

नयाँ जेन्को टाइनी टि २ मोबाइल फोनमा एफएम रेडियो, एमपी ३ र एमपी ४ फाइल्स, प्ले रेट्रो गेम, अलार्म क्लक र क्यालेन्डर जस्ता बिशेषताहरु दिइएको छ ।

यससँगै फोनमा सेफ्टीको लागि एसओएस फिचर पनि दिइएको छ । प्रयोगकर्ताले टक एन्ड टेक्स्ट फिचरको मद्दतबाट केवल बोलेर नै म्यासेज टाइप गर्न सक्छन्।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ८ : ३१ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड