कार्यकर्तालाई ओलीको जवाफ– भावनमा लागेर क्रान्ति हुँदैन « Khabarhub

कार्यकर्तालाई ओलीको जवाफ– भावनमा लागेर क्रान्ति हुँदैन


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले भावनामा लाग्दैमा क्रान्ति नहुने बताएका छन् ।

पार्टी केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको बुधबार उद्घाटन गर्दै ओलीले कार्यकर्ताहरुलाई भावनमा लागेर क्रान्ति र उपलब्धि हासिल नहुने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले पार्टी अहिले पनि वैचारिक हिसावले संक्रमणकालीन अवस्थामै रहेको उल्लेख गरे । ‘वैचारिक कुराका हिसावले एक ढंगमा हामी संक्रमणकालमा नै छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘स्पस्टता विना अगाडि बढ्न सक्दैनौं । वैचारिक कुरामा बहुत स्पष्टता जरुरी छ ।’

नेकपा अध्यक्ष ओलीले कार्यकर्ताहरुलाई वैचारिक स्पष्टताका लागि अध्ययन गर्नु जरुरी रहेको पनि बताए । ‘वैचारिक स्पष्टताका लागि अध्ययन गर्नु र आँखा खोलेर अघि बढ्नु पर्छ । भविष्यतर्फ हेरेर अघि बढ्नु पर्छ,’ ओलीले भने, ‘हामी आइडोलोजिकल (वैचारिक) चपेटामा पनि छौं । त्यसबाट अड्किने होइन । त्यसलाई व्यवहार र तर्कबाट स्पष्ट पार्नुपर्छ । भावनामा लागेर क्रान्ति र उपलव्धि हासिल हुँदैन ।’

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  १२ : २४ बजे

न्यून गुणस्तरको टिलसेट इन्जेक्सन बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले टिलसेट नामक इन्जेक्सनको एक ब्याच न्यून

गोविन्द केसीसँग संवाद जारी छ : शिक्षामन्त्री

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायीका लागि

परराष्ट्रले भन्यो- अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० जना नेपालीको उद्धार गर्‍यौँ

काठमाडौं– परराष्ट्र मन्त्रालय मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण सो क्षेत्रमा रहेका

राहुल गान्धीको आक्रोश : धर्मेन्द्र प्रधान अपराधी शिक्षामन्त्री हुन्, हटाउनै पर्छ

काठमाडौं । भारतमा नीट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर विपक्षी दल

चितवनमा ३४ परिवारलाई लालपुर्जा वितरण (तस्बिरहरू) 

चितवन– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले ३४ परिवारलाई जग्गाधनी दर्ता