पछिल्लो पाँच वर्षमा सर्वाधिक मुद्दा फैसला गर्ने उच्चका न्यायाधीशमा नरिश्वर पहिलो « Khabarhub

पछिल्लो पाँच वर्षमा सर्वाधिक मुद्दा फैसला गर्ने उच्चका न्यायाधीशमा नरिश्वर पहिलो


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो पाँच आर्थिक वर्षमा सर्वाधिक मुद्दा फैसला गर्ने उच्च अदालतका न्यायाधीशहरूको सूची सार्वजनिक भएको छ।

सर्वोच्च अदालतले तयार पारेको प्रतिवेदनमा आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ सम्मको तथ्यांक समेटिएको छ।

प्रतिवेदनअनुसार उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधीश नरिश्वर भण्डारी पाँच वर्षमा सबैभन्दा धेरै ६ हजार ७७० मुद्दा फैसला गर्दै पहिलो स्थानमा छन्।

भण्डारीले आर्थिक वर्ष २०७८/७९ मा ९५७, २०७९/८० मा २ हजार ४०, २०८०/८१ मा १ हजार ५७७, २०८१/८२ मा १ हजार १७६ र २०८२/८३ मा १ हजार २० वटा मुद्दा फर्स्यौट गरेका छन् ।

यस्तै, उच्च अदालत जनकपुर, राजविराज इजलासकै न्यायाधीश सुभाष पौडेल ४ हजार ५०३ मुद्दा फैसला गर्दै दोस्रो स्थानमा छन् ।

उता उच्च अदालत विराटनगर, इलाम इजलासका न्यायाधीश किरणकुमार पोखरेल ४ हजार ४२० मुद्दा फैसला गर्दै तेस्रो स्थानमा रहेका छन्।

सर्वाधिक मुद्दा फैसला गर्ने शीर्ष १० न्यायाधीशको सूची :

नरिश्वर भण्डारी (उच्च अदालत जनकपुर, राजविराज इजलास) – ६,७७० मुद्दा
सुभाष पौडेल (उच्च अदालत जनकपुर, राजविराज इजलास) – ४,५०३ मुद्दा
किरणकुमार पोखरेल (उच्च अदालत विराटनगर, इलाम इजलास) – ४,४२० मुद्दा
सोमकान्त मैनाली (उच्च अदालत पाटन) – ४,३९६ मुद्दा
विमल सुवेदी (उच्च अदालत विराटनगर) – ४,१२४ मुद्दा
गोकर्ण डाँगी (उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्ज) – ४,०१९ मुद्दा
दिपेन्द्रबहादुर बम (उच्च अदालत विराटनगर) – ३,९४२ मुद्दा
सुदर्शनराज पाण्डे (उच्च अदालत पोखरा) – ३,८६६ मुद्दा
ध्रुवराज नन्द (उच्च अदालत विराटनगर) – ३,८५४ मुद्दा
मिलनकुमार राई (उच्च अदालत बुटवल) – ३,७०१ मुद्दा

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ५ : २२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया