आश्वासनमै सीमित भयो पश्चिम सेती आयोजना « Khabarhub

आश्वासनमै सीमित भयो पश्चिम सेती आयोजना


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा- सरकारले औपचारिक रूपमा पश्चिम सेती परियोजनाको निर्माण अझै अगाडि बढाउन सकेको छैन। हरेक निर्वाचनमा मुख्य रूपमा उठान हुने पश्चिम सेती परियोजना अहिलेसम्म आश्वासनमै बितेको छ।

नारामा धेरै बढीको जिब्रोबाट बोलिने पश्चिम सेती कहिले बन्छ कुनै टुङ्गो छैन। परियोजनाको २८ वर्ष बितिसक्दा पनि निर्माणको काम भने अगाडि बढेन।

यस क्षेत्रका बासिन्दा तीन दशक पहिलादेखि चर्चामा रहेको पश्चिम सेती परियोजनाको आशामा अझै छन्। पश्चिम सेती परियोजनाको निर्माण स्थलका बासिन्दाले दशकौँपहिला परियोजना लागू हुने सुनेका मात्रै थिएनन्, केही कम्पनीले स्थलगत प्रतिवेदनसमेत तयार पारेको उनीहरू सुनाउँछन्।

पश्चिम सेती परियोजना सुरु हुने हल्लाले अन्य विकासबाट वञ्चित बन्नु परेको स्थानीयवासीको दुःखेसो छ।

स्थानीयवासी डम्बरबहादुर सिंहका अनुसार परियोजनाको हल्लाले बाटो, खानेपानी, सिँचाइ, शिक्षा जस्ता आधारभूत आवश्यकताबाट समेत वञ्चित हुनु परेको छ ।

दशकौँ पहिलेदेखि विभिन्न विदेशी कम्पनीसँग सम्झौता भई केही काम सुचारु भएको स्थानीय सरिता चन्दले बताइन ।

डडेल्धुराको बेलापुर र बैतडीको ढुङ्गाडका बस्ती र सेती परियोजना लागू हुने स्थान तथा बाँध बाँधिने ठाउँमा विभिन्न काम भएको उनले बताइन ।

तीन दशकदेखि चर्चाको विषय बन्दै गइरहेको पश्चिम सेती आयोजना स्थलको पटक पटक भौगर्भिक अध्ययन भए पनि सार्थक रूपमा काम हुन सकेको छैन।

कतिपय सरकारमा बस्ने नेतृत्वले यस परियोजनाको नाममा भोटसमेत मागे, पटक पटक आश्वासन दिए तर परियोजना लागू हुने अवस्था भने ३० वर्ष पहिलाको जस्तै छ। पश्चिम सेती परियोजनाको पलाएको आशा मरिसकेको प्रभावित क्षेत्रका सर्वसाधारणको बुझाइ छ। न परियोजना लागू भयो न त पश्चिम सेती किनार छेउमा ग्रामीण बस्तीमा विकास नै हुन सक्यो।

डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ र ५, बैतडीको सिगास गाउँपालिका, डोटीका आदर्श गाउँपालिका र बझाङका केही गाउँमा विकास हुन नसकेको शारदा माध्यमिक विद्यालय ढुङ्गाडका प्रधानाध्यापक मीनबहादुर चन्दले बताए ।

करिब एक खर्ब ६० अर्ब रुपियाँ लागतको बहुउद्देश्यीय आयोजनाबाट सुदूरपश्चिम प्रदेशको समृद्धिको ढोका खोलिने भएकाले पनि यसलाई विभिन्न राजनीतिक दलले वर्षौंदेखि प्रतिष्ठाको विषय बनाएका छन्।

पश्चिम सेती परियोजनाका लागि पटक पटक विभिन्न देशका निर्माण कम्पनीसँग सम्झौता गरिन्छ तर परियोजना लागू हुने स्थानमा नपुग्दै सेलाउने गर्छ। गत वर्ष मात्रै चिनियाँ कम्पनीसँग सम्झौता भएको सरकारले सार्वजनिक गरेको थियो तर सपना अधुरो रहेको स्थानीयवासी लोकेन्द्रबहादुर चन्दले बताए ।

पश्चिम सेती जलविद्युत् परियोजनाका कारण सुदूरपश्चिम प्रदेशमा ठूला विकास निर्माणका कामहरू हुन सकेका छैनन्। बाँध बाँधिने स्थल वरिपरिका दर्जनौँ गाउँ विकास निर्माणबाट वञ्चित हुनु परेको छ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ८ : २४ बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार