धर्तीको स्वर्गमा छौं, समृद्धिले भरिपूर्ण बनाउन लागौं : राज्यमन्त्री मानन्धर « Khabarhub

धर्तीको स्वर्गमा छौं, समृद्धिले भरिपूर्ण बनाउन लागौं : राज्यमन्त्री मानन्धर


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले देशको नेतृत्वकर्ता र व्यवस्थापकबीच कामको तालमेल हुन सकेमा मुलुकलाई स्वर्ग बनाउन सकिने बताएका छन् ।

१६ औं राष्ट्रिय युवा ईन्जिनियर सम्मेलनको अवसरमा आयोजित कार्यक्रममा मन्त्री मानन्धरले राजनीतिक तहबाट आएका विकासका खाकालाई मुर्त रुप दिन व्यवस्थापकहरु सचेत ढंगले लाग्नुपर्ने बताए ।

‘सुखी नेपाली : समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षा पुरा गर्नका लागि सबै पक्षको सहयोग आवश्यक रहेको मन्त्री मानन्धरको भनाई छ ।

नेपाल विश्वकै सबैभन्दा सुन्दर मुलुक भएको बताउँदै केही वर्ष सबै मिलेर मेहनत गर्न सके समृद्धि समेत हाँसिल हुने भन्दै मन्त्री मानन्धरले नेपाल पृथ्विको स्वर्ग भएको बताउँदै स्वर्गलाई समृद्धिले भरिपुर्ण बनाउने दायीत्व सबैको काँधमा भएको बताए ।

नेपाल जस्तै जैविक विविधताले भरिपुर्ण मुलुक विश्वमा अर्को नभएको बताउँदै अब प्रकृतिले दिएका उपहारलाई समृद्धिको माध्यम बनाउनुपर्ने उनले बताए ।

प्रकृतिले दिएका उपहारसँगै हामीसँग पुर्खाको पौरख पनि रहेको बताउँदै मन्त्री मानन्धरले नेपालको मौलिक कला र संस्कीति पनि विश्वका लागि अध्ययनको क्षेत्र भएको बताउनुभयो । प्राकृतिक सम्पदा र साँस्कृतिक धरोहरहरुका कारण नेपालले विश्वकै ध्यान केन्द्रित गरिरहेको बताए ।

वर्तमान सरकार जनताको आशालाई विश्वास र व्यावहारमा परिणत गर्न लागिपरेको उल्लेख गर्दै मन्त्री मानन्धरले विकासका खाकाहरु कार्यान्वयन मार्फत अघि बढिरहेको बताए ।

कार्यक्रममा मन्त्री मानन्धरले देश विकासका लागि राजनीतिक र प्रशासनीक तहबाट बनेका योजनाको नक्सा डिजाइन गर्ने काम ईन्जिनियरहरुको भएको बताउँदै समृद्ध नेपाल निर्माणमा ईन्जिनियरहरुको भुमिका अतुलनिय रहने बताए ।

कहीलेकाँही गलत ईन्जिनियरिङका कारण विकासका संरचनाहरु भताभुंग हुने गरेको बताउँदै मन्त्री मानन्धरले सचेत भएर काम गर्न पनि आग्रह गरे ।

काठमाडौंको कालिमाटीस्थित पुलको उदाहरण दिँदै मन्त्री मानन्धरले कतै कतै गलत ईन्जिनियरिङका कारण समस्या परेको बताए ।

आइतबारदेखि शुरु हुने युवा ईन्जिनियरहरुको सम्मेलनमा १६ सय ईन्जिनियर सहभागि हुँनेछन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  १० : ०८ बजे

शैक्षिक सत्रदेखि पढाइ सुरु नभए अनशन बस्ने धनगढीका मेयर हमालको चेतावनी

धनगढी – धनगढी उपमहानगरपालिकाका प्रमुख (मेयर) गोपी हमालले शहीद दशरथ

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन (तस्बिरहरू)

काठमाडौँ– नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल

आत्मदाह प्रयासबाट घाइते चौधरीको मृत्यु

कैलाली– आत्मदाहको प्रयासपछि गम्भीर घाइते कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५

गायक अशोक दर्जीमाथि दुर्व्यवहार भएको भिडियो भाइरल

काठमाडौँ – चर्चित गायक तथा बालकलाकार अशोक दर्जीमाथि सडकमा कुटपिट

डा. गोविन्द केसी र सरकारबीच जुटेन सहमति आज पनि वार्ता

धनगढी- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिलगायतका विषयमा आमरण