‘अदालतको निर्णय मात्र न्याय होइन’ : पूर्व प्रधानन्यायाधीश श्रेष्ठ | Khabarhub Khabarhub

‘अदालतको निर्णय मात्र न्याय होइन’ : पूर्व प्रधानन्यायाधीश श्रेष्ठ


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले सबैको प्रयासले स्थानीय न्यायिक समितिबाट अधिक लाभ हासिल गरी जनतालाई घरदैलोमै सेवा दिनुपर्ने बताएका छन् ।

स्थानीय तह न्यायिक समितिको प्रभावकारी कार्यान्वयन र नीतिगत छलफलमा उहाँले पूर्वाधार, अनुभव, संरचना र कानून तयार नभइ घोषणा भएको न्यायिक समितिलाई सबल तुल्याउनु सबैको दायित्व भएको श्रेष्ठको भनाई छ ।

संविधानको धारा २१७ मा आफ्नो अधिकार क्षेत्रभित्र विवाद निरुपण गर्न गाउँपालिका वा नगरपालिकामा उपाध्यक्ष वा उपप्रमुकको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति रहने व्यवस्था छ ।

उक्त समितिमा गाउँ वा नगरसभाबाट निर्वाचित दुई सदस्य रहने छन् । संबैधानिक समितिका रुपमा आएको राजनीतिक न्यायिक संरचनालाई अधिकार दिएर स्थानीय तहसम्म न्यायको पँहुच पुर्‍याउँन कोसिस गरिएको छ ।

सोही व्यवस्थाबारे पूर्व प्रधान्यायाधीश श्रेष्ठले भने ‘ स्थानीयस्तरमा न्यायिक समिति खडा गर्ने धेरै ठूलो निर्णय भएको हो, यो महत्वपूर्ण छ र सँगसँगै चूनौती पनि छ । संविधान उद्देश्य भनेको न्याय गर्ने नै हो, अदालतले गर्ने न्यायमात्र न्याय होइन ।’

संविधानमा आशा र अपेक्षासाथ समावेश गरिएका समितिलाई ठिक बाटोबाट हिँडाउन तदारुकता र चिन्ता गरियो वा गरिएन भन्ने बिषय प्रश्नको रुपमा तेर्सिने भएकाले तदअनुरुपको व्यवहार गर्न जरुरी रहेको उनले बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  १ : ०६ बजे

ललितपुरमा विपद्पछिको उद्धार डेमो (तस्बिरहरू)

काठमाडौं– ललितपुर महानगरपालिका वडा नं. २४ स्थित नागदहमा ‘राफ्ट ह्याण्डलिङ एन्ड

सङ्घीय निजामति विधेयकमाथि छेडखानी गर्नेलाई कारबाही हुनुपर्छ : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

झापामा आठजना कोरोना सङ्क्रमित भेटिए 

बनियानी– झापामा कोभिडविरुद्धको १५ हजार मात्रा खोप आएको छ ।

वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कानुनी दायरामा ल्याइने छ : मन्त्री भण्डारी

पाटन– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कानुनी छिद्र

संसद्ले सम्पादन गरेका काममा जालसाँची गरे विश्वास गर्ने निकाय बाँकी रहँदैन : मीन विश्वकर्मा

काठमाडौं– नेपाली कांग्रेसको सुचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन