पार्टी भित्रको बिवाद मिलाउन संविधान संशोधन गर्न खोज्नु गलत : सिटौला « Khabarhub

पार्टी भित्रको बिवाद मिलाउन संविधान संशोधन गर्न खोज्नु गलत : सिटौला


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा–नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले नेकपा नेतृत्वको सरकारले पार्टीभित्रको विवाद मिलाउन संविधान संशोधन गर्न खोज्नु गलत भएको बताएका छन् ।

शनिबार झापाको विर्तामोडमा पार्टीको क्षेत्रीय सम्मेलनमा नेता सिटौलाले सरकारले पार्टीका नेताहरुको चित्त बुझाउन संविधान संशोधन गर्ने प्रयास गरेको भन्दै आपत्ति जनाए । पराजित व्यक्तिलाई संविधानको भावना र व्यवस्था विपरीत राष्ट्रिय सभामा ल्याउन खोज्नु संविधानको दुरुपयोग भएको उनको भनाइ छ ।

कम्युनिस्ट सरकारले अदालतलाई पनि कम्युनिस्ट अदालत बनाउन खोजेको उनको आरोप छ । दुई तिहाइको दम्भमा सरकारले संवैधानिक निकाय र आयोगहरुलाई रबर स्टाम्प बनाउन खोजेको सिटौलाले आरोप लगाए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ६ : १५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र