विदेशमा नेपाल भ्रमण वर्षको प्रचार स्थगित | Khabarhub Khabarhub

विदेशमा नेपाल भ्रमण वर्षको प्रचार स्थगित


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले नेपाल भ्रमण वर्ष २०२० को विदेशमा प्रचारप्रसार स्थगित गरेको छ ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण युरोपसम्म पुगेपछि सरकारले यस्तो निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले बताए । उनका अनुसार केही समयका लागि भ्रमण वर्षको प्रचार स्थगित गरिएको हो ।

शनिबार आयोजित बौद्ध चामुण्डा हेरिटेज वाक कार्यक्रममा पर्यटनमन्त्री भट्टराईले भने, ‘जब परिस्थितिअनुकुल हुन्छ, सन्त्रासहरु हट्दै जान्छन्, त्यसपछि हामी सक्रियताका साथ भ्रमण वर्षको प्रवद्र्धनात्मक कार्यक्रम गर्नेछौँ ।’

उनले देशभित्रकै पर्यटन प्रवर्धनमा जोड दिने बताए । कोरोनाले भ्रमण वर्षमा २० लाख पर्यटक ल्याउने लक्ष्यलाई समेत असर गर्ने देखिएको उनले बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ७ : ५५ बजे

संसद्‍मा प्रधानमन्त्रीको जवाफ- भ्रष्टाचारका कुनै पनि घटनालाई सहन सकिँदैन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाइएको

मदन भण्डारीकी छोरीको मार्मिक स्टाटस : नोटिसमा लिनु होला !

काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको २०५० सालमा

विद्या भण्डारी नरोकिने

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूसँग

पेट्रोलियम पदार्थ आयातबाट ८० अर्ब ९२ करोड राजस्व संकलन

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्षमा एक खर्ब ९१

सरकारसँगको सहमति कार्यान्वयन नभएको भन्दै चिकित्सक संघ आक्रोशित, फेरी आन्दोलन गर्ने चेतावनी 

काठमाडौं– सरकारले तीन मन्त्रीको सहभागितामा गरिएको सहमति कार्यान्वयन नगरेको भन्दै