सानिमा बैंकका ग्राहकलाई फ्युचर वर्ल्डमा एप्पल प्रडक्ट खरिद गर्दा छुट « Khabarhub

सानिमा बैंकका ग्राहकलाई फ्युचर वर्ल्डमा एप्पल प्रडक्ट खरिद गर्दा छुट


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सानिमा बैंक लिमिटेड र आस्ट्रल कम्प्युटर्स नेपाल प्रा.लि ‘फ्युचर वल्र्ड’ बीच छुट दिने सम्झौता भएको छ।

एप्पल प्रडक्ट आइफोन, आइप्याड, म्याकबुक लगायतका सामान खरिदमा बैंकका ग्राहकहरुलाई छुट दिने सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र आस्ट्रल कम्प्युटर्स नेपालप्रालिका तर्फबाट महाप्रबन्धक नवीन जोशीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी काठमाडौंको सुनधारास्थित सिभिलमल अवस्थित फ्युचर

वल्र्डमा एप्पलका प्रोडक्ट खरिद गर्दा छ हजारसम्म नगद तथा सात हजारसम्मका सामानहरुमा छुट प्राप्त गर्न सक्नेछन् ।

यस्तै बैंकका ग्राहकहरुले बैंकको क्रेडिट कार्डमार्फत १८ महिनाको मासिक किस्ता भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  २ : ३४ बजे

जैमिनीमा कृषि संकलन केन्द्र निर्माण

गलकोट – स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउने उद्देश्यले जैमिनी नगरपालिका-३ दमेकमा

गस्तीमा सेनाको हेलिकप्टरले नपुग्दा अन्य कम्पनीको प्रयोग गरिने

काठमाडौं– सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि हेलिकप्टर गस्ती गर्दा सेनाको हेलिकप्टरले

मध्यपूर्व तनावको असर बलिउड–साउथ फिल्म बजारमा : यशको ‘टक्सिक’ जुनसम्म सर्‍यो

काठमाडौं– विश्वव्यापी रिलिजको तयारीमा रहेको दक्षिण भारतीय सुपरस्टार यश अभिनीत

डोल्पाको मतदान केन्द्रमा खटिएका कर्मचारी बिरामी, सेनाद्वारा उद्धार

काठमाडौं– उपल्लो डोल्पाको शे फोक्शुण्डो गाउँपालिका फोतगाउँस्थित दुर्गम मतदान केन्द्रमा

होर्मुजमा इरानको नियन्त्रण दाबी, युद्ध तीव्र

एजेन्सी– मध्यपूर्वमा जारी युद्ध पाँचौँ दिनमा प्रवेश गर्दा इरानले विश्व