'लकडाउन'काबीच घर जान दिल्लीका बसपार्कमा भेला भएका सर्वसाधारण | Khabarhub Khabarhub

‘लकडाउन’काबीच घर जान दिल्लीका बसपार्कमा भेला भएका सर्वसाधारण


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको महामारीविरुद्ध भारतमा लकडाउन छ । भारतीय प्रधानमन्त्रीले २१ दिनको लकडाउनमा सुरक्षित बस्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

उनले २१ दिन संयम हुन नसके देश २१ वर्षपछि पर्ने बताएका छन् । तर लकडाउनकैबीच सर्वसाधारण नागरिक भने दिल्लीबाट बाहिरिने योजनासहित बसपार्कमा भेला भएका छन् ।

यो घटना हिजो (शनिबार) को हो । शनिबार भारतमा लकडाउन जारी भएको चौथो दिन, राजधानी दिल्लीस्थित विभिन्न बस पार्कमा हजारौं मानिसहरु आ आफ्नो घर फर्किन जम्मा भएका थिए ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार दिल्लीको अवस्था नियन्त्रणभन्दा बाहिर जान थालेको छ।

भारतको प्रमुख विपक्षी पार्टी काँग्रेस आईकी महासचिव प्रियंका गान्धीले शनिबार दिल्लीको आनन्द विहार, गाजिवादलगायत क्षेत्रबाट महिला, बालबालिकासहित मजदुरहरु आ आफ्नो घर फर्किन सडकमा आएको बताएकी छन्। उनले यो अवस्था नियन्त्रणमा लिनसमेत सरकारसँग माग गरेकी छन्। साथै उनले भारत सरकारको आलोचना पनि गरेकी छन्।

भारतमा हालसम्म कोरोनाबाट २४ जनाको मृत्यु भइसकेको छ भने, ९ सय ८७ जना संक्रमित भएका छन्। भारतमा २१ दिने लकडाउन जारी छ।

तस्वीरमा हेर्नुहोस सडकमा भेला भएका सर्वसाधारण

तस्वीर सामाजिक सञ्जाल

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ७ : २२ बजे

आज तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

वर्षाले नारायणघाट–बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध

नवलपरासी– शनिबार रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल

बागवानीको लिची २८ लाख रुपैयाँमा ठेक्का

सर्लाही– उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरले अहिलेसम्मकै बढी मूल्यमा लिची

स्टार डम भित्र लुकेको दन्त्यकथा जस्तै अपराध अभियोग

सोमबार अमेरिकी हिपपका लागि पक्कै खराबको दिन हुन सक्छ। धेरैले

कृषिसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।