नेपाली भूमिमा आएर भारतीय सुरक्षाकर्मीले सडक भत्काए « Khabarhub

नेपाली भूमिमा आएर भारतीय सुरक्षाकर्मीले सडक भत्काए


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज- पर्साको ठोरीमा नेपाली भूमिमै प्रवेश गरी भारतीय सुरक्षाकर्मीले सडक भत्काएका छन् ।

पर्साको ठोरी गाउँपालिकाको वडा २ र ३ जोड्ने ठुटे खोलाको पुल सञ्चालन गर्न तीन दिन अगाडिमात्र कुलो पुरेर बनाइएको सडक भारतीय सुरक्षाकर्मीले बिहीबार साँझ भत्काएका हुन् ।

भारतीय सीमा सुरक्षा बल, बिहार सहोदर थानाका प्रहरी र सीमावर्ती भारतीय नागरिकले सडक भत्काइरहेको थाहा पाएपछि ठोरीवासी भेला भएर विरोध गरेका थिए ।

केही समयको भनाभनपछि भारतीय प्रहरी र नागरिक फर्केका थिए । भत्किएको सडकमा नेपाली पक्षले पुन माटो पुरेका छन् ।

भारतीयको अवरोधकै कारण पुल निर्माण सम्पन्न भएको २ वर्ष बित्दा पनि प्रयोगमा आउन सकेको छैन । शुक्रबार बिहान वडा एक, दुई र तीनका जनप्रतिनिधि र स्थानीयको भेलाले प्रजिअलाई स्थलगत भ्रमण गरेर समस्याको सामाधान निकालिदिन आग्रह गरेको छ ।

यस सम्बन्धमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले ठोरीको ठुटे खोला पुल सञ्चालनको विषयमा दुबै पक्षबीच छलफल भइरहेको बताए ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  २ : ३३ बजे

‘रमणी’को खुसीमा पूर्वपतिको प्रश्नले बिगार्‍यो माहोल, एलिना चौहान आक्रोशित

काठमाडौं– नयाँ ठाउँमा आफ्नो व्यवसाय सुरु गरेको खुसी बाँड्न सञ्चारकर्मी

नयाँ बसपार्कमा गाउँ फर्किनेको बढ्यो भीड (तस्बिरहरू)

काठमाडौं– वडा दसैँ नजिकिएसँगै काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा घर फर्किने

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणी रवि लक्षित : महेश बस्नेत

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले खुलामञ्चबारे प्रधानमन्त्री वालेन्द्र शाहले

बुलेट र पल्सर लिएर मोटरसाइकल गस्तीमा प्रहरी (तस्बिरहरू)

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बागलुङले चाडपर्वका बेलामा हुनसक्ने ठगी, चोरी–डकैती

पाकिस्तानलाई १.२ अर्ब डलर सहयोग गर्न आईएमएफ सहमत

एजेन्सी– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब