कालीमाटी वृत्तका ११६ जना प्रहरीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ « Khabarhub

कालीमाटी वृत्तका ११६ जना प्रहरीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महानगरीय प्रहरी वृत्त कालीमाटी मातहत कार्यरत ११६ जना प्रहरीमा कोरोना भाइरस नभएको पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै कोरोना नभएको पुष्टि भएको हो ।

यस अघि महानगरीय प्रहरी बृत्त कालीमाटीमा कार्यरत एक जना प्रहरी नायव निरीक्षक र प्रहरी जवानमा कोरोना भाइरस देखिएको थियो । त्यसलगत्तै कालिमाटीमा कार्यरतलगायत उनीहरुसँग सम्पर्कमा आएका २३१ जनाको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार २३१ मध्ये ११६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अन्यको भने परीक्षण रिपोर्ट आइसकेको छैन ।

एसएसपी ज्ञवालीले खबरहबसँग भने – ‘सँगै रहेका अन्य प्रहरीहरुको रिपोर्ट नआइसकेको हुँदा रिपोर्ट आएकाहरुलाई पनि अझै केही समय क्वारेन्टाइनमा नै राखिने छ ।’

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  ३ : ११ बजे

‘रमणी’को खुसीमा पूर्वपतिको प्रश्नले बिगार्‍यो माहोल, एलिना चौहान आक्रोशित

काठमाडौं– नयाँ ठाउँमा आफ्नो व्यवसाय सुरु गरेको खुसी बाँड्न सञ्चारकर्मी

नयाँ बसपार्कमा गाउँ फर्किनेको बढ्यो भीड (तस्बिरहरू)

काठमाडौं– वडा दसैँ नजिकिएसँगै काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा घर फर्किने

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणी रवि लक्षित : महेश बस्नेत

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले खुलामञ्चबारे प्रधानमन्त्री वालेन्द्र शाहले

बुलेट र पल्सर लिएर मोटरसाइकल गस्तीमा प्रहरी (तस्बिरहरू)

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बागलुङले चाडपर्वका बेलामा हुनसक्ने ठगी, चोरी–डकैती

पाकिस्तानलाई १.२ अर्ब डलर सहयोग गर्न आईएमएफ सहमत

एजेन्सी– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब