कालीमाटी वृत्तका ११६ जना प्रहरीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ | Khabarhub Khabarhub

कालीमाटी वृत्तका ११६ जना प्रहरीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महानगरीय प्रहरी वृत्त कालीमाटी मातहत कार्यरत ११६ जना प्रहरीमा कोरोना भाइरस नभएको पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै कोरोना नभएको पुष्टि भएको हो ।

यस अघि महानगरीय प्रहरी बृत्त कालीमाटीमा कार्यरत एक जना प्रहरी नायव निरीक्षक र प्रहरी जवानमा कोरोना भाइरस देखिएको थियो । त्यसलगत्तै कालिमाटीमा कार्यरतलगायत उनीहरुसँग सम्पर्कमा आएका २३१ जनाको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार २३१ मध्ये ११६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अन्यको भने परीक्षण रिपोर्ट आइसकेको छैन ।

एसएसपी ज्ञवालीले खबरहबसँग भने – ‘सँगै रहेका अन्य प्रहरीहरुको रिपोर्ट नआइसकेको हुँदा रिपोर्ट आएकाहरुलाई पनि अझै केही समय क्वारेन्टाइनमा नै राखिने छ ।’

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  ३ : ११ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन