झापामा कोरोना संक्रमित संख्या १०७ पुग्यो | Khabarhub Khabarhub

झापामा कोरोना संक्रमित संख्या १०७ पुग्यो


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापामा थप २७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

योसँगै जिल्लामा संक्रमितको संख्या १०७ पुगेको छ। शुक्रबार संक्रमण देखिएका सबै कचनकवल गाउँपालिकाका हुन्। संक्रमित सबै लकडाउनकै समयमा भारतबाट आएका हुन्।

शुक्रबार कोसी अञ्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा देखिएका २७ संक्रमित सबैजना कचनकवलका भएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए।

कचनकवल गाउँपालिकाका ६ वटा क्वारेन्टाइनमा अहिले ३ सय ५० जना छन्। उनीहरु सबै भारतबाटै आएका हुन्।

जिल्ला स्वास्थ्य कार्यालय झापाका कार्यक्रम संयोजक जीवन चम्लागाईका अनुसार संक्रमित देखिएकाको स्वास्थ्य अवस्था सामान्य छ।

यस अघि कचनकवल गाउँपालिकामा भारत बाट आएर क्वारेन्टाइनमा बसेका ७३ जनामा कोरोना संक्रमण देखिएको थियो। हाल संक्रमित कोभिड अस्पताल विराटनगर र धरानमा उपचाररत छन्।

क्वारेन्टाइनमा बसेका हालसम्मको तथ्यांकमा पनि मुम्बई र दिल्ली बाट आउनेमा बढी संक्रमण देखिएको गाउँपालिकाका प्रशासकीय अधिकृत दुर्गाप्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  ४ : १० बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी