शय्या अभाव हुँदा सप्तरीमा कोरोना संक्रमितलाई क्वारेन्टिनमै राखियो « Khabarhub

शय्या अभाव हुँदा सप्तरीमा कोरोना संक्रमितलाई क्वारेन्टिनमै राखियो


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीमा आइसोलेशन वार्डको अभावमा कोरोना सङ्क्रमण पुष्टि भएका सङ्क्रमितलाई क्वारेन्टिनमा नै राखिएको छ ।

सङ्क्रमण पुष्टि भएपछि आइसोलेशनमा राखेर उपचार तथा रेखदेख गर्नुपर्ने भए पनि शय्याको अभावमा सङ्क्रमितलाई क्वारेन्टिनमा राख्नुपरेको गजेन्द्रनारायण सिंह अस्पतालले जनाएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा चुमनलाल दासका अनुसार अस्पतालमा रहेका २४ शय्या भरिएको छ । सङ्क्रमितको सङ्ख्या बढेको हुँदा अन्य व्यवस्था नहुँदासम्म उनीहरुलाई बसिरहेकै क्वारेन्टिनमा अलग्गै राख्न लगाइएको उनले बताए । क्वारेन्टिनमा राखिएका सङ्क्रमितको अवस्था सामान्य रहेको उनले बताए ।

आइसोलेशन वार्डका २४ श्यया नै भरिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार कोरोना सङ्क्रमण पुष्टि गरेका १४ जनामध्ये बोदे बर्साइनका नौ जना क्वारेन्टिनमै रहेका छन् ।

आइसोलेनशमा राख्नका लागि अस्पतालमा शय्या खाली नभएका कारण क्वारेन्टिनमै अलग्गै राखिएको मेडिकल सुपरिटेन्डेण्ट डा दासले बताए ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  ७ : ४६ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब