महिला हिंसा अन्त्य गरिने मन्त्री गुरुङको प्रतिबद्धता « Khabarhub

महिला हिंसा अन्त्य गरिने मन्त्री गुरुङको प्रतिबद्धता


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

दोस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आयोजित ‘भर्चुअल’ बैठकलाई सम्बोधन गर्दै उनले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने उद्देश्यअनुसार नै सरकारले नीति तथा कार्यक्रम बजेटमा समेत व्यवस्था गरिएको बताए ।

बिहीबार अर्थमन्त्री डा युवराज खतिवाडले सङ्घीय संसद्मा प्रस्तुत गरेको सरकारको आर्थिक वर्ष २०७७/०७८ को बजेटमा सबै स्थानीय तहमा महिला उद्यमशीलता सहजीकरण केन्द्र स्थापना गर्ने, महिलाविरुद्ध हुने सबै प्रकारका सामाजिक विभेद तथा भेदभाव, शोषण र हिंसा अन्त्य गरिने र सामाजिक कुप्रथा, अन्याय हटाउन स्थानीय सरकार, गैरसरकारी तथा सामुदायिक क्षेत्रसमेतको सहभागितामा सामाजिक जागरण र जनचेतना अभियान सञ्चालन गर्ने भनिएको छ ।

मन्त्री गुरुङले भने, “समाजमा विद्यमान विकृति, विसङ्गति र सबै प्रकारका हिंसा अन्त्यका लागि आवश्यक कार्यक्रम तय गरिसकिएको छ, त्यसका लागि आवश्यक कार्यक्रम, नीति र बजेटको व्यवस्था मिलाइएको छ ।”

उनले लकडाउनका बेला हुने महिला हिंसा अन्त्यका लागि प्रदेश र स्थानीय तहसँग सहकार्यमा जोड दिएको बताउँदै महिला हिंसा अन्त्यका लागि पुरुषलाई सचेत बनाउन अभियान नै सञ्चालन गर्ने घोषणा गरेको जानकारी दिए ।

कोरोनाका बेला महिला हत्या र हिंसाजन्य आपराधिक घटना भएकोमा विश्व समुदाय नै चिन्तित रहेको उल्लेख गर्दै त्यसो हुन नदिन सरकार प्रतिबद्ध रहेको मन्त्री गुरुङको भनाइ छ ।

उनले महिला हिंसा अन्त्यका लागि सरकारले महिलालाई उद्यमशील बनाउन आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा ‘महिला उद्यमशीलता सहजीकरण केन्द्र’ स्थापना गर्ने तय गरिएको पनि बताए ।

नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री एनपी साउदले गाउँगाउँमा महिला हिंसा हुन नदिन सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

मन्त्रालयका सचिव यामकुमारी खतिवडाले महिला हिंसाको घटना हुन नदिन सरकारले पुरुष सहभागितामा जोड दिने गरी आवश्यक योजना बनाएको बताए ।

सरकारले महिलाको सामाजिक, आर्थिक अधिकार हासिल हुने गरी महिला लक्षित कार्यक्रम सञ्चालन गर्दै स्वास्थ्य जोखिममा परेका दुर्गम क्षेत्रका गर्भवती र सुत्केरीको हवाई उद्धार गर्ने कार्यलाई निरन्तरता दिइने बजेटमार्फत जनाएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  ८ : २३ बजे

सैनिक कर्मचारी सवार मिनीबसमा आक्रमण, एक जनाको मृत्यु

तेहरान- इरानको अशान्त दक्षिण–पूर्वी सिस्तान–बलुचिस्तान प्रान्तमा सैनिक कर्मचारी सवार मिनीबसमा सशस्त्र

बढ्यो त्रिविको बजेट, कुन शीर्षकमा कति?

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेटमा वृद्धि भएको

‘रमणी’को खुसीमा पूर्वपतिको प्रश्नले बिगार्‍यो माहोल, एलिना चौहान आक्रोशित

काठमाडौं– नयाँ ठाउँमा आफ्नो व्यवसाय सुरु गरेको खुसी बाँड्न सञ्चारकर्मी

नयाँ बसपार्कमा गाउँ फर्किनेको बढ्यो भीड (तस्बिरहरू)

काठमाडौं– वडा दसैँ नजिकिएसँगै काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा घर फर्किने

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणी रवि लक्षित : महेश बस्नेत

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले खुलामञ्चबारे प्रधानमन्त्री वालेन्द्र शाहले