प्रेस युनियन सिन्धुपाल्चोकका सदस्यहरुको कोरोना बीमा « Khabarhub

प्रेस युनियन सिन्धुपाल्चोकका सदस्यहरुको कोरोना बीमा


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रेस युनियन जिल्ला शाखा सिन्धुपाल्चोकले आफ्ना सवै सदस्यको कोरोना भाइरस(कोभिड–१९) बीमा गरेको छ ।

शाखा अध्यक्ष दुर्गा आचार्यका अनुसार कोभिडसँग सम्बन्धित समाचार संकलनमा खटिने सञ्चारकर्मीलाई सहयोग पु¥याउने उद्देश्यले प्रतिव्यक्ति १ लाख बराबरको बीमा गरिएको हो ।

पीसीआर परीक्षणबाट पोजिटिभ देखिएमा त्यस्ता सदस्यले शाखामार्फत तत्कालै १ लाख पाउनेछन् । यस्तो रकम पाउन बीमा गरिएको १५ दिनपछि पोजिटिभ देखिनुपर्नेछ ।

संगठनले ठूलो सहयोग गर्न नसके पनि शाखा सदस्यहरुलाई काममा हौसला प्रदान गर्न सानो प्रयासको थालनी गरेको उनले बताइन् ।

काठमाडौंलाई कर्मथलो बनाएर क्रियाशील केही सदस्यहरुले आआफ्नो सञ्चारमाध्यममार्फत बिमा गरेको जानकारी पनि आचार्यले दिइन् ।

शाखाले आर्थिकभार आफैंले व्यहोरेर आजैबाट लागू हुनेगरी ५५ जनाको बीमा गरेको छ ।

आचार्यले भनिन्, ‘अप्ठेरो अवस्थामा जोखिम बहन गरेर पहिलो पंक्तिमा रहेर काम गर्ने सदस्यका लागि भविष्यमा अन्य सहयोग जुटाउने प्रयास भइरहेको छ ।’

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  ११ : १० बजे

बढ्यो त्रिविको बजेट, कुन शीर्षकमा कति?

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेटमा वृद्धि भएको

‘रमणी’को खुसीमा पूर्वपतिको प्रश्नले बिगार्‍यो माहोल, एलिना चौहान आक्रोशित

काठमाडौं– नयाँ ठाउँमा आफ्नो व्यवसाय सुरु गरेको खुसी बाँड्न सञ्चारकर्मी

नयाँ बसपार्कमा गाउँ फर्किनेको बढ्यो भीड (तस्बिरहरू)

काठमाडौं– वडा दसैँ नजिकिएसँगै काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा घर फर्किने

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणी रवि लक्षित : महेश बस्नेत

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले खुलामञ्चबारे प्रधानमन्त्री वालेन्द्र शाहले

बुलेट र पल्सर लिएर मोटरसाइकल गस्तीमा प्रहरी (तस्बिरहरू)

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बागलुङले चाडपर्वका बेलामा हुनसक्ने ठगी, चोरी–डकैती