सर्लाहीको धनकौलमा गोली चल्दा १२ जना घाइते « Khabarhub

सर्लाहीको धनकौलमा गोली चल्दा १२ जना घाइते


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्लाहीको धनकौल गाउँपालिका – ३ मा गोली चल्दा १२ जना घाइते भएका छन् ।

नेकपा कार्यकर्ताको ट्याक्टरले कांग्रेस कार्यकर्ताको मोटरसाइकललाई बाटो नछाडेको निहुँमा राति साढे ८ बजेतिर भएको झडपमा गोली चल्दा छर्रा लागेर १२ जना घाइते भएको प्रदेश नम्बर २ का डीआइजी धिरजप्रताप सिंहले जानकारी दिए ।

बाह्र बोरको बन्दुकको छर्रा लागेर घाइते भएका उनीहरू सबैको अवस्था सामान्य रहेको सिंहले जानकारी दिए ।

सामान्य विवादले उग्ररूप लिएपछि भेला भएका दुबै पार्टीका करिव एक/एक सय जनाको भीडलाई तितरवितर पार्न प्रहरीले पनि ५ राउण्ड हवाइ फायर गरेको उनले जानकारी दिए ।

 ‘सामान्य विषयबाट सुरू भएको विवादले उग्ररूप लिएपछि प्रहरीले केही राउण्ड टियर ग्याँससहित ५ राउण्ड हवाइ फायर गरेको हो, त्यही भीडबाट पनि गोली चलेर त्यसको छर्राले १२ जना घाइते भएका छन्,’ सिंहले खबरहबसँग भने,’ गोली चलाएको आशंकामा एक जनालाई नियन्त्रणमा लिएका छौँ ।’

सिंहकाअनुसार गोली चलाएको आशंकामा स्थानीय मुकेश शाहलाई पक्राउ गरिएको छ ।

जिल्लाको धनकौल गाउँपालिकासँगै सीमा जोडिएको रामनगर गाउँपालिका ४ का नेकपा कार्यकर्ता रामजनम रायको गत असार ७ गते हत्या भएपछि सोही विषयलाई लिएर दुई पार्टीबीच तिक्तता बढेको र सामान्य विषयमा पनि विवाद बढ्दै जान थालेको डीआइजी सिंहले जानकारी दिए ।

७ गते हत्या भएका रायको विवाद भएपछि अहिलेसम्म अन्तिम संस्कार हुन नसकेको उनले बताए ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ९ : ३३ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको