कोरोनाको संक्रमणबाट थप एक जनाको मृत्यु, नेपालमा ज्यान गुमाउनेको संख्या २९ पुग्यो « Khabarhub

कोरोनाको संक्रमणबाट थप एक जनाको मृत्यु, नेपालमा ज्यान गुमाउनेको संख्या २९ पुग्यो


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको स्टार अस्पतालमा मृत्यु भएका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका कोरोना व्यवस्थापन समितिका संयोजक डाक्टर अनिल पोखरेलले अस्पतालमा मृत्यु भएका एकजना ३० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

डा पोखरेलका अनुसार मृत्यु भएका कोरोना संक्रमित रौतहटका बासिन्दा हुन् । उनलाई शनिबार बेलुका ४ बजे श्वासप्रश्वासमा समस्या भएको भन्दै स्टार अस्पतालमा ल्याइएको थियो ।

अस्पतालले उनमा कोरोनाको आशंका गर्दै कोरोना संक्रमतिलाई छुट्याइएको आइसियुमा भर्ना गरेको थियो । उनको शनिबार राति नै स्वाब संकलन गरी पाटन अस्पताल पठाइएको र सोही दिन राति नै बिरामीको मृत्यु भएको डा. पोखरेलले बताए ।

उनको आइतबार राति ११ बजे रिपोर्ट पोजेटिभ आएको डा पोखरेलले बताए ।

“शनिबार बेलुका श्वासप्रश्वासको समस्या लिएर बिरामी आउनुभयो, हामीले कोरोनाको आशंकामा कोरोना कै लागि भनेर छुट्याइएको आइसियुमा भर्ना गरेर त्यही दिन राती स्वाब संकलन गरी पाटन अस्पतालमा पठायौं, उहाँको उपचार गर्दागर्दै मृत्यु भयो,” डा पोखरेलले खबरहबसँग भने, “उहाँको रिपोर्ट आइतबार राती ११ बजे पोजेटिभ आयो ।”

डा पोखरेलका अनुसार शनिबार नै मृत्यु भएपनि कोरोना परीक्षणको रिपोर्ट नआइसकेकाले उनको शव अस्पतालमै थियो । आज रिपोर्ट पोजेटिभ आएपछि स्वास्थ्य मन्त्रालयले बनाएको शव व्यवस्थापन निर्देशिका अनुसार व्यवस्थापनको तयारी भइरहेको डा पोखरेलको भनाइ छ ।

अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएपछि अहिले उनको उपचारमा खटिएका १४ जना चिकित्सक तथा स्वास्थ्य कर्मीलाई पनि क्वारेन्टाइनमा राखेर कोरोना परीक्षणको तयारी भइरहेको डा पोखरेलले बताए ।

मृत्यु भएपछि कोरोना पुष्टि भएका ती संक्रमितलाई पहिला नै कोरोना विशेष आइसियुमा राखिएकाले अस्पतालको अन्य सेवामा समस्या नभएको डा पोखरेलले बताए ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्टार अस्पतालमा निधन भएका व्यक्तिमा कोरोना पुष्टि भएको आधिकारिक घोषणा गरेको छैन ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ११ : ३५ बजे

मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो : सडक खुलाउने प्रयास जारी

चितवन – नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा ढुङ्गासहितको पहिरो खस्दा सडक

संसद्‌मा बहुमत हुँदाहुँदै किन अध्यादेश ? यस्तो छ कानुनमन्त्री गौतमको जवाफ

काठमाडौँ – सरकारले हालै जारी गरेका अध्यादेशलाई लिएर सडकदेखि सदनसम्म

रास्वपा सचिवालय बैठक बस्दै: महाधिवेशन कार्यविधि र विधान संशोधन मुख्य एजेन्डा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार

कान्ति लोकपथमा पहिरो खस्यो: हेटौंडा-काठमाडौँ यातायात ठप्प

काठमाडौँ – ललितपुरको बागमती गाउँपालिका–४ पाङदुरमा पहिरो खसेपछि कान्ति लोकपथ

प्रेस स्वतन्त्रता लोकतन्त्रको अभिन्न खम्बा हो : नेता आङदेम्बे

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं प्रमुख प्रतिपक्षी दलका संघीय