सलह नियन्त्रणलाई गण्डकीमा ‘र्‍यापिड रेस्पोन्स’ टोली « Khabarhub

सलह नियन्त्रणलाई गण्डकीमा ‘र्‍यापिड रेस्पोन्स’ टोली


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेशमा सलह कीराले कृषिबालीमा पुर्‍याउन सक्ने सम्भावित क्षति न्यूनीकरण तथा आवश्यक सहजीकरणका लागि गण्डकी प्रदेश सरकारले द्रुत प्रतिकार्य समूह(र्‍यापिड रेस्पोन्स टोली) गठन गरिएको छ ।

छिमेकी प्रदेश तथा तरार्ईका जिल्लामा सलह देखिएको तथा हावाको बहावसँगै प्रदेशमासमेत देखिनसक्ने सम्भावना बढेकाले नियन्त्रणका लागि प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वरिष्ठ बाली संरक्षण अधिकृत विनोद हमालको संयोजकत्वमा छ सदस्सीय टोली गठन गरेको हो ।

टोलीमा वरिष्ठ बाली संरक्षण अधिकृत शालिकराम अधिकारी, बागबानी विकास अधिकृत अर्जुनदेव ज्ञवाली, बाली संरक्षण अधिकृत मीरा चौधरी र सञ्जीव बाँस्तोला तथा कृषिप्रसार अधिकृत विश्वास काफ्ले सदस्य रहेका छन् ।

मन्त्रालयले सलहबारे केही बुझ्नु परेमा, शङ्का लागेमा वा थप जानकारी आवश्यक परेमा किसानलाई टोलीका सदस्यसँग सम्पर्क गर्न आग्रह गरेको छ ।

सलह आउँदै गरेको पाइएमा चर्को ध्वनी, धुवाँ आदिको प्रयोग गरी बस्न नदिई झुण्डलाई अन्यत्र मोडिदिन तथा नर्सरी र करेसाबारी जस्ता साना क्षेत्रफलमा हुने खेतीमा जालीले छोपेर बाली जोगाउन कृषकमा आग्रह गरेको छ ।

त्यसैगरी ठूलो झुण्डमा देखिने भएकाले थोरै सङ्ख्यामा सलह जस्तै देखिने फट्याङ्गा देख्दैमा भ्रमित र आतङ्कित नभई सजग हुन र विषादी प्रयोग गर्नुपरेको खण्डमा सुरक्षित पहिरनको प्रयोग गर्न मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

टोलीका सदस्य ज्ञवालीले प्रदेशका केही जिल्लामा सलह जस्तै फट्याङ्ग्रा देखिए पनि हालसम्म सलहनै हो भनेर पुष्टि नभएको बताए।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ४ : ०३ बजे

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को