भारतमा फेरि थपिए एकै दिन ४९ हजारभन्दा बढी संक्रमित « Khabarhub

भारतमा फेरि थपिए एकै दिन ४९ हजारभन्दा बढी संक्रमित


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा मंगलबारको तुलनामा ३ हजार बढी कोरोना संक्रमित थपिएका छन् ।

सोमबार सर्वाधिक ५० हजारभन्दा बढीमा संक्रमण देखिएको भारतमा  मंगलबार ४६ हजार ४८४ जनामा संक्रमण पुष्टि भएको थियो । बुधबार फेरि कोरोना संक्रमितको संख्या ३ हजारले बढेर ४९ हजार ६३२ पुगेको हो ।

योसँगै भारतमा कुल संक्रमित संख्या १५ लाख ३२ हजार १३५ पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो ।

संक्रमितमध्ये अहिलेसम्म ९ लाख ८८ हजार ७७० संक्रमणमुक्त भएका छन् भने ५ लाख ९ हजार १४१ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७७६ जनाको मृत्यु भएपछि बुधबार बिहानसम्म ज्यान गुमाउनेको ३४ हजार २२४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ५ : ४२ बजे

विपद्‍को आशा बनेर चम्किएका पाँच अनुहार : कसैले ज्यान बचाए, कसैले घर बनाउने जिम्मा लिए

काठमाडौं- जब भोटेकोशी र त्रिशूलीको उर्लंदो भेलले बस्ती बगाउँदै थियो,

मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि मध्यअफ्रिकी गणतन्त्रमा संयुक्त

माइतीघरमा एक महिलाद्वारा आत्मदाहको प्रयास

काठमाडौं- राजधानीमा एक जना महिलाले आत्मदाहको प्रयास गरेकी छन् ।

हङ्गेरीद्वारा १० रुसी कूटनीतिज्ञलाई देश छाड्न आदेश

बुडापेस्ट- हङ्गेरीले कूटनीतिज्ञका लागि अस्वीकार्य गतिविधिमा संलग्न भएको आरोप लगाउँदै रुसी

गृहमन्त्री सहभागी कार्यक्रमबारे क्रान्तिशिखाको प्रश्न : यही दिन देख्न थियो महान् सहिदहरूको बलिदान ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले जेन-जी आन्दोलनका सहिद