भारतमा फेरि थपिए एकै दिन ४९ हजारभन्दा बढी संक्रमित « Khabarhub

भारतमा फेरि थपिए एकै दिन ४९ हजारभन्दा बढी संक्रमित


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा मंगलबारको तुलनामा ३ हजार बढी कोरोना संक्रमित थपिएका छन् ।

सोमबार सर्वाधिक ५० हजारभन्दा बढीमा संक्रमण देखिएको भारतमा  मंगलबार ४६ हजार ४८४ जनामा संक्रमण पुष्टि भएको थियो । बुधबार फेरि कोरोना संक्रमितको संख्या ३ हजारले बढेर ४९ हजार ६३२ पुगेको हो ।

योसँगै भारतमा कुल संक्रमित संख्या १५ लाख ३२ हजार १३५ पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो ।

संक्रमितमध्ये अहिलेसम्म ९ लाख ८८ हजार ७७० संक्रमणमुक्त भएका छन् भने ५ लाख ९ हजार १४१ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७७६ जनाको मृत्यु भएपछि बुधबार बिहानसम्म ज्यान गुमाउनेको ३४ हजार २२४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ५ : ४२ बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका