वेष्ट इण्डिजविरूद्धको सिरिज इङ्ल्याण्डलाई « Khabarhub

वेष्ट इण्डिजविरूद्धको सिरिज इङ्ल्याण्डलाई


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- घरेलु टोलि इंग्लाण्डले वेष्ट इण्डिजविरुद्धको तीन खेलको टेस्ट सिरिज २-१ ले जीतेको छ ।

म्यानचेस्टरमा मंगलबार तेस्रो तथा अन्तिम टेस्टमा वेष्ट इण्डिजलाई २ सय ६९ रनले पराजित गर्दै इंग्ल्याण्डले सिरिज २-१ ले जीतेको हो ।

ओल्ड ट्राफोर्डमा इंग्ल्याण्डले दिएको ३ सय ९९ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिज दोस्रो इनिङ्समा १ सय २९ रन जोड्दा अलआउट भयो ।

इंग्ल्याण्डका बलर चम्किएपछि वेष्ट इण्डिजका साई होपले सर्वाधिक ३१ रन बनाए । यस्तै जेर्मिने ब्लाकवुडले २३ तथा साम्रह ब्रुक्सले २२ रन बनाए ।

इंग्ल्याण्डका क्रिस वोक्सले ५ तथा स्टुवार्ट ब्रोडले ४ विकेट लिए । ब्रोडले यस खेलसँगै करियरको ५०० टेस्ट विकेट समेत पुरा गरेका छन् ।

ब्रोड यो उपलब्धि हासिल गर्ने सातौं बलर हुन् । उनले क्रेग ब्रेथवेटको विकेट लिँदै ५०० विकेट पार गरेका हुन् ।

यसअघि टस जीतेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले पहिलो इनिङ्समा अलआउट हुँदै ३ सय ६९ रन बनाएको थियो ।

पहिलो इनिङ्समा वेष्ट इण्डिज १ सय ९७ रनमा अलआउट भएको थियो ।

पहिलो टेस्टमा वेष्ट इण्डिज ४ विकेटले बिजयी भएको थियो । तर, दोस्रो टेस्टमा १ सय १३ रनको जीत निकाल्दै इंग्ल्यान्डले सिरिज बराबरी गरेको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ५ : ५४ बजे

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक

दसैँमा चार ठूला सिक्वेलको भिडन्त : ‘आमा २’ देखि ‘कबड्डी ५’ सम्म

काठमाडौं– नेपाली चलचित्रका लागि दसैँ सधैँ बक्स अफिसको सुनौलो समय