भनाभनमा खुकुरी प्रहार गर्ने पक्राउ « Khabarhub

भनाभनमा खुकुरी प्रहार गर्ने पक्राउ


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- धारिलो हतियार खुकुरी प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मेलम्ची नगरपालिका–४ बस्ने थानकुनेका सोमबहादुर तामाङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।

सोही ठाउँका साइला तामाङसँग सामान्य भनाभन हुँदा सोमबहादुरले खुकुरी प्रहार गरेका थिए । खुकुरी हानेको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय मेलम्ची र भोटेचौरको टोलीले सोमबहादुरलाई घर नजिकै लुकिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते साइलाको दीर्घायु अस्पातल काठमाडौँमा उपचार भइरहेको प्रहरी निरीक्षक तामाङले बताए । खुकुरी प्रहार गर्ने सोमबहादुरलाई नियन्त्रणमा लिएर मङ्गलबार जिल्ला अदालत सिन्धुपाल्चोकबाट म्याद थप आदेश लिई अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको प्रहरी निरीक्षक तामाङले जानकारी दिए ।

आइतबार आफ्नै छोरालाई खुकुरी प्रहार गरी घाइते बनाउने बाबु पनि पक्राउ परेका थिए । मेलम्ची–१२ थाक्लेका ५७ वर्षीय नवराज तामाङले आफ्नै छोरा २८ वर्षीय पूर्णबहादुरलाई खुकुरी प्रहार गरेका हुन् ।

घरायसी विवाद भएको र खुकुरी प्रहार गर्दा पूर्णबहादुरको टाउको, घुँडा, पैतालालगायत भागमा काटिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक तमाङले जानकारी दिए ।

गम्भीर घाइते पूर्णबहादुरको धुलिखेल अस्पातलमा उपचार भइरहेको छ। घटना थाहा पाउनेबित्तिकै पुगेको प्रहरी टोलीले घर नजिकैबाट खुकुरी प्रहार गर्ने बाबु नवराजलाई नियन्त्रणमा लिएर जिल्ला अदालत सिन्धुपाल्चोकमा पेश गरेको छ ।

अदालतले १० दिन थुनामा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको प्रहरी निरीक्षक तामाङले जानकारी दिए ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  १० : ०१ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह