रोल्पामा महिला तथा बालबालिका हराउने क्रम बढ्दो « Khabarhub

रोल्पामा महिला तथा बालबालिका हराउने क्रम बढ्दो


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा- रोल्पामा वर्षेनी महिला, बालबालिका हराउने क्रम बढ्दै गएको छ ।

जिल्लाबाट बितेका तीन वर्षमा महिला र बालबालिका गरी ११० हराएका छन् । हराउनेमा ३५ बालबालिका र ७५ महिला छन् ।

यसरी हराएकामध्ये प्रहरीको मद्दतबाट ६५ महिला र ३३ बालबालिका फेला परेका छन् भने अझै १२ जना हराइरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय महिला, बालबालिका सेवा केन्द्र रोल्पाका अनुसार आर्थिक वर्ष २०७५/७६ मा ४९ महिला, २६ बालबालिका हराएका थिए । यसरी हराएका महिला बालबालिकामध्ये ६९ मात्रै फेला परे । सो वर्ष हराएका छ जना अझै पनि भेटिएका छैनन् । यस्तै आव २०७६/७७ मा ३५ महिला तथा बालबालिका हराए ।

हराएकामध्ये सो वर्ष पनि २९ फेला परे भने छ जना अझै फेला पर्न सकेका छैनन् । जिल्लाबाट अघिल्लो आवमा ७५ महिला, बालबालिका हराए । यसरी हराएकामध्ये ६९ मात्रै फेला परे । यस वर्ष पनि छ जना नै अझै फेला पर्न सकेका छैनन् ।

हराएका महिला तथा बालबालिकाका अभिभावकले दिएको सूचनाका आधारमा खोजी गर्न देशभरका प्रहरी युनिटमा हुलियासहित जानकारी गराइने गरेको जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका इन्चार्ज मीना विकले बताए । ‘हुलियाकै आधारमा प्रहरीले हराएकालाई फेला पार्ने गरेको छ’, विकले भने ।

हराएकामध्ये ठूलो सङ्ख्याका महिला तथा बालबालिकालाई प्रहरीले काठमाडौँका इँटाभट्टामा फेला पार्ने गरेको छ । इँटाभट्टामा काम गर्ने गाउँकै नाइकेले ललाइफकाई लैजाने भएकाले अधिकांश महिला, बालबालिका परिवारलाई जानकारी नदिई भाग्ने गरेको पाइन्छ । राम्रो लाउने, मिठो खाने लहडमा दलालको जालमा फसेर परिवारका सदस्यलाई जानकारी नै नदिई भाग्नेको सङ्ख्या ठूलो रहेको प्रहरीले जनाएको छ ।

हराएको भनी उजुरी परेकामध्ये केही महिला तथा बालबालिका भने घर फर्किसकेका छन् । अभिभावकले दिएको हुलियाका आधारमा प्रहरीले खोजी गर्दा र आफैँ घर फर्केका समेत प्रहरीले जानकारी दिएको छ । बितेको तीन वर्षमा ९८ घर फर्किसकेको प्रहरीले जनाएको छ । प्रहरीको तथ्याङ्कअनुसार अझै १२ जना फेला पर्न सकेका छैनन् ।

यसरी हराएका अधिकांश महिला वैवाहिक सम्बन्ध स्थापित गर्न आफूखुशी हिँड्ने गरेको प्रहरीले बताएको छ । परिवारलाई अत्तोपत्तो नदिई घर, विद्यालय, पसल, घाँसदाउरा तथा पँधेराबाटै हराउँदा परिवारलाई मानसिक तथा शारीरिक तनाव हुने गरेको बताइन्छ । हराएका सदस्यको खोजीमा लामो समय बित्ने गरेको हराएकाहरुका अभिभावकले दुःखेसो पोख्ने गर्दछन् ।

घरका सदस्यले मादक पदार्थ सेवनले हुने पारिवारिक बेमेलले गर्दा महिला घर छाड्न बाध्य हुने गरेको पाइएको माहिला मानवअधिकार रक्षक सञ्जालका अध्यक्ष तीर्था आचार्यले बताइन। ‘गरिबी, चेतना अभाव, मादक पदार्थ सेवन, पारिवारिक बेमेललगायतका कारण महिला तथा बालबालिका घर छाड्न बाध्य हुने गरेको पाइन्छ’, आचार्यले भनिन ।

आफूखुशी हिँडेका महिला तथा बालबालिका देशका विभिन्न इँटाभट्टा, होटल तथा भारतका विभिन्न स्थानमा रोजगारीमा संलग्न हुने गरेको समेत उनले बताए ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  १० : २९ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२