बाघको सङ्ख्या बढाउने प्रतिबद्धता पूरा हुन्छ : प्रधानमन्त्री « Khabarhub

बाघको सङ्ख्या बढाउने प्रतिबद्धता पूरा हुन्छ : प्रधानमन्त्री


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता पूरा गरिने बताएका छन् ।

अन्तर्राष्ट्रिय बाघ दिवस २०२० को उपलक्ष्यमा आज एक सन्देश दिँदै ओलीले नेपालले प्रतिबद्धता गरेअनुरूप नेपाल सरकारले तराईका पाँचवटा राष्ट्रिय निकुञ्जलाई समेटेर भूपरिधीयस्तरमा स्थानीय समुदाय र सरोकारवालासँग समन्वय गरी बाघ संरक्षणका गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “बाघ प्रकृतिको निःशुल्क उपहार मात्र होइन, प्रकृतिमा पाइने प्रजातिहरूमध्ये सबैभन्दा सुन्दर प्रजाति पनि हो, यो प्रजाति उष्ण हावापानी, सफा र स्वस्थ इकोसिस्टममा मात्र पाइने भएकाले बाघ उष्ण पारिस्थितिकीय प्रणालीको उच्च तहमा पाइने मांसहारी प्रजाति भएकाले छाता प्रजाति पनि भनिन्छ ।”

बाघलाई मात्रै बचाउन सके अरु धेरै प्रजातिलाई स्वतः बचाउन सकिन्छ भन्ने मान्यता रहिआएको उनले बताए ।

बासस्थानको नाश, बढ्दो मानव वन्यजन्तु द्वन्द्व, चोरी शिकार तथा बाघका अङ्गको अवैध व्यापार, जलवायु परिवर्तनका जोखिम र रोगव्याधिले गर्दा बाघ संरक्षणका चुनौती दिनप्रतिदिन थपिँदो भएकाले विश्व संरक्षण सङ्घले बाघलाई रातो किताबको दुर्लभ सूचीमा राखेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सन्देशमा साइटिसले अनुसूची–१ मा राखेर यसको अन्तर्राष्ट्रिय व्यापारमा पूर्ण प्रतिबन्ध लगाइएको स्मरण गरेका छन् । नेपालमाा सन् २०१० मा बाघको सङ्ख्या १२१ रहेकामा सन् २०१८ मा बढेर २३५ पुगेको छ ।

प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका जोखिम र कोभिड–१९ जस्ता महामारीबाट बाघ पनि अछुतो नभएको र जलवायु परिवर्तनका जोखिमबाट बाघलाई बचाउनका लागि पारिस्थितिकीय प्रणालीमा आधारित बासस्थान व्यवस्थापन गर्नुपर्ने र बाघको आहरा प्रजातिका लागि आवश्यक पर्ने घाँसेमैदान र सिमसारलगायतका पानीका स्रोतको दिगो संरक्षणमा विशेष ध्यान दिन सम्बन्धित पक्षलाई आह्वान पनि गरेका छन्।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ११ : १३ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२