सीपीएलका लागि सन्दीप भोलि ट्रिनिडाड एण्ड टोबागो जाँदै « Khabarhub

सीपीएलका लागि सन्दीप भोलि ट्रिनिडाड एण्ड टोबागो जाँदै


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने बिहिबार (भोलि) बिहान सीपीएलका लागि ट्रिनिडाड एण्ड टोबागो जाने भएका छन्।

उनी बिहीबार बिहान १० बजे कोरियन एयरमार्फत कोरियाको सोलहुँदै प्रस्थान गर्ने लामिछानेका म्यानेजर शिवाकोटीले जनाएका छन। उनका अनुसार उनी त्यहाँबाट अमेरिकाको ट्रान्जिट हुँदै जानेछन्। उनी अगस्ट १ तारिखमा गन्तब्यमा पुग्नेछन्।

क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा उनले यसपाला जमैका तहल्लाबाजबाटबाट खेल्ने छन्। जसका लागि उनले १ करोड नेपाली रुपैयाँ भन्दा बढी रकम पाउनेछन्।

लामिछाने त्यहाँ पुगेपछि १५ दिन क्वारेन्टिनमा बस्नेछन्। सीपीएलमा सहभागी हुनु अगाडि नेपालमा उनले मंगलबार कोरोना परिक्षण गराएका थिए। सानेपास्थित स्टार अस्पतालमा कोरोना जाँच गराएका सन्दीपको रिपोर्ट भने आज आउनेछ।

सन्दीप यो वर्षको सीपीएल जमैका तल्लावाजबाट खेल्नेछन् सीपीएल अगस्ट १८ बाट सेप्टेम्बर १० सम्म हुनेछ। सीपीएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्नेछन्। सीपीएलमा कुल ३३ खेल हुने छन्। कारोना भाइरसका कारण ती सबै खेल बिना दर्शक खेलाइने छन्।

सन्दीप तेस्रो पटक सीपीएल खेल्ने तयारीमा छन्। उनले यसअघि सन् २०१८ मा पहिलोपटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट खेलेका थिए। त्यसका लागि उनलाई पाँच हजार अमेरिकी डलर पारिश्रमिक दिइएको थियो। उनले सो प्रतियोगितामा पाँच खेलमा सात विकेट लिएका थिए। यस्तै दोस्रो पटक सीपीएल सन्दीपले सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट खेले। उनले छ खेलमा आठ विकेट लिएका थिए। सन्दीपले गत वर्ष ७० हजार अमेरिकी डलर पारिश्रमिक प्राप्त गरेका थिए।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ११ : ५३ बजे

बागमतीका मुख्यमन्त्री किरण थापा मगरले पाए विश्वासको मत

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभाबाट

विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक

बागमतीमा सरकार टिकाउन तीन दलबीच नयाँ समझदारी, मन्त्रालय ८ भन्दा नबढाउने

काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू