सिंहदरबारभित्र ५०८ को स्वाब संकलन  « Khabarhub

सिंहदरबारभित्र ५०८ को स्वाब संकलन 


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले स्वाब संकलन गर्न प्रयोगमा ल्याएको ‘मोबाइल स्वाब कलेक्शन भेहिकल’ प्रभावकारी देखिएको छ ।

नेपाली सेनाको सहयोगमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले स्वाब संकलनका लागि पहिलो पटक प्रविधियुक्त यस्तो गाडी प्रयोगमा ल्याएको हो ।

विश्वभर फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणबाट चिकित्सकलाई जोगाउन नाष्टले गाडीभित्र यस्तो प्रविधि जडान गरेको हो ।

उक्त उपकरणबाट आज सिंहदरबार परिसरमा महान्यायाधिवक्तासहित ५०८ जनाको स्वाब संकलन गरिएको छ ।

सिहदरबारभित्र बढी भीड रहेका मन्त्रालयका शाखा, महाशाखा तथा फोहर संकलन र चमेना गृहमा खटिने जनशक्तिलाई लक्ष्य गरेर त्यहाँ यस घुम्ती भ्यानलाई प्रयोग ल्याइएको केन्द्रले जनाएको छ ।

दैनिकरुपमा ५०० देखि ७०० जनासम्मले सजिलै स्वाव संकलन गर्न सकिने भएकाले यो उपकरण सहज र उपयोगी सावित भएको चिकित्सकको प्रारम्भिक प्रतिक्रिया रहेको छ ।

चिकित्सकले कोरोना प्रभावित व्यक्तिबाट स्वाब संकलन गर्दा हुनसक्ने सङ्क्रमणको खतरालाई अन्त्य गर्न पीपीई, ग्लोब्स, पोजिटिभ प्रेसर च्याम्बर, भाइरस फिल्टर गर्ने प्रविधि र आइस बक्सलगायत आवश्यकीय वस्तु यसभित्र जडान गरिएको छ ।

यस भ्यानमा स्वाब संकलनका लागि चाहिने जति सबै प्रविधि जडान गरिएको नाष्टका वरिष्ठ प्रविधि अधिकृत डा शंकर ढकालले बताए ।

स्वास्थ्यकर्मीले आफ्नो खुट्टाले स्विच अन गर्दा पीपीई, ग्लोब्स र चालकले हातले स्विच अन गर्दा पूरै गाडी सङ्क्रमणमुक्त हुने प्रविधि यसमा जडित छ ।

भ्यानभित्रको निःसङ्क्रमित क्याबिनमा तीन स्वास्थ्यकर्मी रहन सक्छन् जसबाट बाहिर बसेका सेवाग्राहीलाई सहजरुपमा सेवा उपलब्ध हुनेछ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ७ : २७ बजे

सात जिल्लामा बर्डफ्लु नियन्त्रण

काठमाडौं– झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु रोग

बर्डफ्लु प्रभावित किसानलाई राहत उपलब्ध गराइने

काठमाडौँ– पशुसेवा विभागले बर्डफ्लुबाट प्रभावित ११ जिल्लामा रोग नियन्त्रणका क्रममा

प्रधानमन्त्री बालेन र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह र एसियाली विकास बैंक (एडीबी)

कर्णाली प्रदेशका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र

सुर्खेत– कर्णाली प्रदेशका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

काठमाडौं– नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ऋणपत्रको बोलकबोलको लागि