भारतमा एकै दिन ७६ हजार जनामा कोरोना संक्रमण, मृतक ६२ हजार बढी « Khabarhub

भारतमा एकै दिन ७६ हजार जनामा कोरोना संक्रमण, मृतक ६२ हजार बढी


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना संक्रमितको संख्या साढे ३४ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ७६ हजार ६६५ जना संक्रमित भएसँगै शनिबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३४ लाख ६१ हजार २४० पुगेको हो ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म २६ लाख ४७ हजार ५३८ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ५० हजार ९८९ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ६२ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा १०१९ जनाको मृत्यु भएपछि भारतमा यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ६२ हजार ७१३ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ८ : २७ बजे

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य

कि संघीयता राख्नुभएन, कि पार्टीलाई ‘फेडेरलाइज’ गर्नुपर्‍यो

संवैधानिकतामा फर्किनका लागि निर्वाचन, त्यसभन्दा अरु बढी भन्ने अवस्था छैन,