सफलताको सूत्र– सम्बन्ध नतोड्नुहोस् « Khabarhub

सफलताको सूत्र– सम्बन्ध नतोड्नुहोस्


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक बालक पुत्रले पितासित प्रश्न गरे– बाबा, यो सफल जीवन भनेको के हो ? कस्तो जीवन सफल हुन्छ ? पुत्रको प्रश्नले पिता गम्भीर बने ।

एकैछिन सोचेर उनले एउटा चंगा र लट्टाई साथमा लिएर पुत्रलाई एउटा खुला चौरमा लगे । चौरमा पुगेपछि पिताले चंगा उडाउन सुरु गरे । एकैछिनमा चंगा निकै माथि पुग्यो ।

बन्धन नै हाम्रो जीवनको त्यो धागो हो, जसले हामीलाई जतिसुकै उचाइमा पुगे पनि सन्तुलन कायम राख्न सघाइरहेको हुन्छ ।

उडिरहेको चंगा चुपचाप हेरिरहेका पुत्रले पितासित भने– बाबा, यो धागोले गर्दा चंगा धेरै माथि जान सकेन । धागो चुँडालिदिऊँ न ! सायद धागो चुँडालिदिएपछि यो धेरै माथि पुग्छ होला । पिताले पुत्रको चाहनाअनुरुप चंगाको धागो चुँडालिदिए । धागो चुँडिएपछि चंगा केहीबेर हावामा लहरायो र केही पर पुगेर भुइँमा खस्यो ।

यो देखेर पुत्र छक्क परे । पिताले उनलाई जीवन दर्शन सम्झाउँदै भने– बाबु, जिन्दगीमा हामी पनि यो चंगाजसरी नै सफलताको उच्च श्रेणीमा पुग्न सक्छौँ ।

त्यहाँ पुगेपछि हामीलाई लाग्न थाल्छ कि कुनै न कुनै बन्धनले आफूलाई माथि जानबाट रोकिरहेको छ । जस्तो कि घर, परिवार, अनुशासन, माता, पिता, आफन्त, साथीसँगी आदि । थप सफलताको बिन्दुमा पुग्न हामी यी सबको बन्धन चुँडालेर स्वतन्त्र हुन खोज्छौँ ।

वास्तवमा त्यो बन्धन नै हाम्रो जीवनको त्यो धागो हो, जसले हामीलाई जतिसुकै उचाइमा पुगे पनि सन्तुलन कायम राख्न सघाइरहेको हुन्छ । तर, जब हामीलाई लाग्न थाल्छ कि यो सब बन्धन चुँडालेर म अझै माथि पुग्न सक्छु, त्यतिखेर हाम्रो हविगत पनि यही चंगाको जस्तै हुनेछ । त्यसैले, तिमी जीवनमा जतिसुकै सफल भए पनि यो धागोसितको नाता कहिल्यै चुँडिन नदिनू ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  ११ : ३५ बजे

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)

‘आदिवासी जनजाति महिलाको सशक्त सहभागिता बिना समावेशी विकास असम्भव’

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आदिवासी जनजाति