मधेशवादी पार्टी ‘बहुरूपिया’ ठग बनेको नेकपा नेता साहको आरोप « Khabarhub

मधेशवादी पार्टी ‘बहुरूपिया’ ठग बनेको नेकपा नेता साहको आरोप


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका नेता तथा सांसद प्रभु साहले मधेशवादी पार्टीले रूप बदलि-बदली जनतालाई ठगीरहेको आरोप लगाएका छन् ।

दशैं, दिपावली तथा छठको अवसरमा रौतहटको गरुडा नगरपालिका-५, महम्मदपुरमा आयोजित शुभकामना आदानप्रदान तथा जनचेतना कार्यक्रममा सांसद प्रभु साहले मधेशवादी दलले समाजमा भ्रम फैलाउन बहरुपिया बनेको आरोप लगाएका हुन् ।

मधेशवादी दलले समाजमा भ्रम फैलाएर मधेश र पहाडको नाममा जनतालाई ठग्ने गरेको उनको भनाइ छ । उनले मधेशी दलले भ्रष्टाचार बढाउने र उदण्ड राजनीति गर्नतर्फ मात्र उद्दत रहेको आरोप लगाए ।

बाबुराम भट्टराई नेकपा माओवादीमा हुँदा पहाडीयाको पार्टी भनेर उफ्रिनेहरु अहिले उनै बाबुरामलाई नेता बनाएर बहुरुपी चरीत्र देखाएको उनले बताए ।

“हिजो हामीलाई पहाडीयाको पार्टी भनेर कुर्लिने यीनै मधेशी पार्टी हुन् । बाबुराम भट्टराई नेकपा माओवादीका नेता हुँदा गाउँ-गाउँ पहाडीयाको पार्टी भनेर पुत्ला जलाउने पनि यीनै हुन् । आफूलाई मधेशको ठेकेदार भन्ने यी मधेशवादीहरुको सर्वोच्च नेता बाबुराम भट्टराई हुन् । अब चाहिँ के भन्नेहोला यीनिहरुले ।” सांसद साहले भने, “यीनीहरु भ्रम सिर्जना गर्ने बहरुपिया ठगहरु मात्र हुन् । भ्रष्टाचार र उदण्डता मात्र मधेशवादीको विशेषता हो ।”

सांसद साहले संघ सरकारले मधेशमा संचालन गर्ने सबै कार्यक्रम एवम् परियोजनामा मधेशवादी दलले बाधा पुर्याई काम अवरुद्ध गरेकोप्रति आपत्ति जनाए ।

कार्यक्रममा प्रदेशसभा सदस्य कुन्दन कुशवाहा, कटहरिया नगरपालिकाका प्रमुख एवम् नेकपा प्रदेश सदस्य सियाराम कुशवाहा, नेकपा प्रदेश सदस्यद्वय त्रिभुवन साह एवम् मनोज यादवलगायतका नेताहरूको उपस्तिथि रहेको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  ७ : ०८ बजे

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले यही साउन १२ गतेदेखि जिल्लाका

रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित

काठमाडौँ– चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र ङुइला

दुबईस्थित नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल

दुबई– संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा

निजी लगानीकर्तालाई शेयर बेच्ने फिफाको योजना रद्द

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक