ट्रम्पको कानुनी चुनौती पेन्सिल्भेनिया अदालतद्वारा खारेज « Khabarhub

ट्रम्पको कानुनी चुनौती पेन्सिल्भेनिया अदालतद्वारा खारेज


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी राज्य पेन्सिल्भेनियाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पका तर्फबाट दायर निर्वाचनसँग सम्बन्धित निवेदन शनिबार खारेज गरिदिएको छ ।

निर्वाचन नतिजा उल्ट्याउने मनसाय राख्दै दायर निवेदनमा पर्याप्त प्रमाण नपुगेको भन्दै अदालतले निवेदन खारेज गरेको हो ।

उक्त निवेदन खारेज भएसँगै राष्ट्रपति ट्रम्पको निर्वाचनमा धाँधली भयो भन्ने तर्कमा अर्को धक्का लागेको छ ।

रिपब्लीकन पार्टीका तर्फबाट दिइएको निवेदनमा हुलाकबाट गरिएको मतदानलाई खारेज गर्न माग गरिएको थियो ।

पेन्सिल्भेनिया राज्यमा राष्ट्रपति–निर्वाचित जो बाइडेनले ८१ हजार मतको अग्रता सहित चुनाव जितेका थिए । तर अदालतका न्यायाधीशहरुले सर्वसम्मतिले राष्ट्रपति ट्रम्प र रिपब्लीकन पार्टीले दिएका निवेदन खारेज गरेका थिए ।

पेन्सिल्भेनिया राज्यमा करिब ६९ लाख मतदाताले मतदान गरेका थिए । निवेदनमा पेन्सिल्भेनिया राज्यको सन् २०१९ को कानुनले हुलाकबाट भएको मतदानलाई गैरसंवैधानिक मानेको उल्लेख गरिएको छ ।

पेन्सिल्भेनिया राज्यले गत नोभेम्बर २४ मै औपचारिक रुपमा बाइडेन विजयी भएको जनाउँदै मतपरिणामलाई प्रमाणित गरिसकेको छ ।

राष्ट्रपति ट्रम्पले गत नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा व्यापक धाँधली भएको जनाउँदै चुनावी परिणामलाई स्वीकार्न मानिरहनु भएको छैन । उनले चुनावमा धाँधली भएकै हो भन्दै दिनहुँ ट्वीट गर्नुका साथै पेन्सिल्भेनियामा बाइडेन विजयी भएको मान्न सकिने अवस्था नरहेको जनाउँदै अनौठा ट्वीट गरेका थिए ।

तर गत बिहीबार पहिलो पटक राष्ट्रपति ट्रम्पले आगामी डिसेम्बर १४ मा इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि) हरुले बाइडेनलाई निर्वाचित गराए आफू ह्वाइट हाउस छाड्न तयार हुने बताएका छन् ।

आगामी जनवरी २० मा राष्ट्रपतिको शपथ लिनु हुने बाइडेनले ३०६ र राष्ट्रपति ट्रम्पले २३२ इलेक्टोरल मत प्राप्त गर्नु भएको छ । राष्ट्रपति निर्वाचित हुन २७० इलेक्टोरल मत आवश्यक पर्दछ ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ४ : १३ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका