सैन्य तालिम र शिक्षार्थी आदान-प्रदान सुचारु गर्न चिनियाँ रक्षामन्त्री सहमत | Khabarhub Khabarhub

सैन्य तालिम र शिक्षार्थी आदान-प्रदान सुचारु गर्न चिनियाँ रक्षामन्त्री सहमत


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ रक्षामन्त्री वेई फेङ्हे र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ ।

नेपालको एकदिने भ्रमणमा आएका रक्षामन्त्री फेङ्हे र प्रधानसेनापति थापाबीच आपसी हित तथा द्विपक्षीय सैनिक सहकार्यको सम्बन्धमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

भेटमा कोभिड–१९ को जोखिमका कारण प्रभावित नेपाली सेनाको तालिम तथा शिक्षार्थी आदानप्रदान सुचारु गर्न चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हे सहमत भएका छन् ।

जंगी अड्डामा फेंग्हेको डेलिगेशन टिम र नेपाली सेनासँगको छलफलमा उनले सो सहमति जनाएका हुन् । चिनियाँ रक्षामन्त्री र प्रधानसेनापती पूर्णचन्द्र थापा सहभागी सामूहिक छलफलमा उनले सो सहमति व्यक्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

पूर्वघोषित नेपाली सेनाको विपद व्यवस्थापन क्षमता अभिबृद्धिको लागी चिनियाँ सरकारले २ अर्ब ४० करोड नेपाली रुपैयाँ पनि छिट्टै उपलब्ध गराउने फेंग्हेले प्रतिबद्धता जनाएका छन् ।

छलफल परराष्ट्र मन्त्रालका प्रतिनिधि पनि उपस्थित थिए । आगामी दिनमा उच्चस्तरीय भ्रमण लगायत द्विपक्षीय सहयोगका कार्यहरु यथाशिघ्र सुचारु गर्ने आश्वासन चिनियाँ रक्षमन्त्रीले दिएका छन् ।

सो भेटवार्ता पछि उनीसहितको प्रतिनिधि मण्डलसमक्ष नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाका बारेमा छोटो श्रव्य–दृश्य सामग्री प्रस्तुत गरिएको थियो ।

यस भ्रमणले दुई देशका सेनाबीच रहँदै आएको सौहार्दपूर्ण सम्बन्धलाई सुमधुर, मजबुत एवं विस्तार गर्न थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

  

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ७ : २१ बजे

एआईमा चीन भन्दा अमेरिका अगाडि, आविष्कारसँगै व्यावहारिक प्रयोगको अभ्यास

जेनेभा – संयुक्त राज्य अमेरिका र चीन कृत्रिम बुद्धिमत्ता (एआई)

कालीगण्डकी कोरिडोर : लस्ती–बेनी खण्ड कालोपत्र गरिँदै

म्याग्दी– कालीगण्डकी कोरिडोरअन्तर्गत लस्ती–बेनी खण्डमा कालोपत्र गर्न थालिएको छ ।

मतदाता नामावलीमा नाम दर्ता गर्नेको उत्साहजनक सहभागिता 

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

देशभरको मौसम सफा रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मर्मतपछि नेपाल एयरलाइन्सको ट्वीनअटर विमान व्यावसायिक उडानमा

काठमाडौं – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ट्वीनअटर विमान