वैद्य–विप्लवसहित चार पार्टीबीच रणनीतिक मोर्चा निर्माण | Khabarhub Khabarhub

वैद्य–विप्लवसहित चार पार्टीबीच रणनीतिक मोर्चा निर्माण


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेत्रविक्रम चन्द विप्लव र मोहन वैद्यसहित चार पार्टीले वर्तमान राज्यसत्ताकाविरुद्ध आन्दोलन चर्काउन रणनीतिक संयुक्त मोर्चा निर्माण गरेका छन् ।

विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबीच वर्तमान सरकार र संसदीय ब्यवस्थाका विरुद्ध आन्दोलन चर्काउन रणनीतिक संयुक्त मोर्चा निर्माण गरिएको छ ।

रणनीतिक संयुक्त मोर्चाको अवधारणा, संरचना र अग्रगामी कार्यक्रम छिट्टै घोषणा गरिने चार वटै पार्टीका नेतृत्वले हस्ताक्षरमा गरी आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

बैदेशिक शक्तिको इसारामा केपी ओली नेतृत्वको सरकारले संसद विघटन गरेको उनीहरुको आरोप छ । ‘दलाल तथा प्रतिक्रियावादी सत्ता, व्यवस्था र सरकारमा आएको गम्भीर सङ्कटलाई फासिवादी तरिकाले हल गर्ने दुष्प्रयासस्वरूप तथा वैदेशिक शक्तिको आड, भरोसा र इसारामा केपी ओली सरकारले संसद् विघटन गरेको हो भन्ने हाम्रो ठम्याइ रहेको छ,’ चार दलले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

वर्तमान समस्याको समाधान संसद पुर्नस्थापना वा मध्यावधि निर्वाचनबाट नभई संघीय जनगणतन्त्रबाट मात्रै हुने उनीहरुको निश्कर्ष छ ।

‘अहिले देश र जनताले भोगेका समस्याहरूको वास्तविक जनपक्षीय समाधान संसद् पुनस्र्थापना वा मध्यावधि निर्वाचन वा यसै व्यवस्थाभित्र सरकार परिवर्तन मात्र गरेर हुन सक्दैन ।’,

विज्ञप्तिमा भनिएको छ, ‘यसका लागि दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताको अन्त्य र सङ्घीय जनगणतन्त्र÷वैज्ञानिक समाजवादको स्थापना हुनुपर्छ ।’

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  १ : १५ बजे

कोशीमा बजेट अधिवेशन आह्वानका लागि दोस्रो पटक सिफारिस

विराटनगर- आगामी जेठ ११ गते कोशी प्रदेशको बजेट अधिवेशन आह्वान

सम्भावित रणनीति तय गर्न देउवाले पार्टी पदाधिकारीलाई बूढानीलकण्ठ बोलाए

जनता समाजवादी पार्टी विभाजनपछिको राजनीतिक अवस्था र शुक्रबारदेखि सुरु हुने

धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्ध

काठमाडौं– भारतको एयर इन्डिया एक्सप्रेसका धेरै कर्मचारीले एकै पटक बिदा

मातातीर्थ औँसी देशभर मनाइयो (तस्बिरहरु)

काठमाडौं– मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति

कोशीमा नयाँ सरकार गठनका लागि एमाले र माओवादीले बढाए दबाब

विराटनगर – काेशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गर्न