वैद्य–विप्लवसहित चार पार्टीबीच रणनीतिक मोर्चा निर्माण « Khabarhub

वैद्य–विप्लवसहित चार पार्टीबीच रणनीतिक मोर्चा निर्माण


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेत्रविक्रम चन्द विप्लव र मोहन वैद्यसहित चार पार्टीले वर्तमान राज्यसत्ताकाविरुद्ध आन्दोलन चर्काउन रणनीतिक संयुक्त मोर्चा निर्माण गरेका छन् ।

विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबीच वर्तमान सरकार र संसदीय ब्यवस्थाका विरुद्ध आन्दोलन चर्काउन रणनीतिक संयुक्त मोर्चा निर्माण गरिएको छ ।

रणनीतिक संयुक्त मोर्चाको अवधारणा, संरचना र अग्रगामी कार्यक्रम छिट्टै घोषणा गरिने चार वटै पार्टीका नेतृत्वले हस्ताक्षरमा गरी आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

बैदेशिक शक्तिको इसारामा केपी ओली नेतृत्वको सरकारले संसद विघटन गरेको उनीहरुको आरोप छ । ‘दलाल तथा प्रतिक्रियावादी सत्ता, व्यवस्था र सरकारमा आएको गम्भीर सङ्कटलाई फासिवादी तरिकाले हल गर्ने दुष्प्रयासस्वरूप तथा वैदेशिक शक्तिको आड, भरोसा र इसारामा केपी ओली सरकारले संसद् विघटन गरेको हो भन्ने हाम्रो ठम्याइ रहेको छ,’ चार दलले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

वर्तमान समस्याको समाधान संसद पुर्नस्थापना वा मध्यावधि निर्वाचनबाट नभई संघीय जनगणतन्त्रबाट मात्रै हुने उनीहरुको निश्कर्ष छ ।

‘अहिले देश र जनताले भोगेका समस्याहरूको वास्तविक जनपक्षीय समाधान संसद् पुनस्र्थापना वा मध्यावधि निर्वाचन वा यसै व्यवस्थाभित्र सरकार परिवर्तन मात्र गरेर हुन सक्दैन ।’,

विज्ञप्तिमा भनिएको छ, ‘यसका लागि दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताको अन्त्य र सङ्घीय जनगणतन्त्र÷वैज्ञानिक समाजवादको स्थापना हुनुपर्छ ।’

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  १ : १५ बजे

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौ – केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

भीषण कन्स्ट्रक्सनका सञ्चालक टंककुमार पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भीषण कन्स्ट्रक्सनका सञ्चालक

निजामती विधेयकको मस्यौदा : मिश्रित संरचना, दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौं – सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव

थापाथलीको सुकुम्बासी बस्ती भत्काउन ५ वटा डोजर तयारी अवस्थामा

काठमाडौँ । सरकारले काठमाडौँ महानगरसँगको समन्वयमा काठमाडौँका विभिन्न सुकुमवासी बस्ती

साई सुदर्शनको शतकमा गुजरातले आरसीबीलाई दियाे २०६ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ३४औँ खेलमा