उखुको भुक्तानी माग्दै माइतीघरमा आन्दोलन गरेका कृषकको मृत्यु « Khabarhub

उखुको भुक्तानी माग्दै माइतीघरमा आन्दोलन गरेका कृषकको मृत्यु


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उखुको भुक्तानी नपाएपछि काठमाडौँस्थित माइतीघरमा आन्दोलन गरेका एक कृषकको मृत्यु भएको छ ।

रौतहटको धनकौल गाउँपालिका छोटौलका नारायण राय यादवको शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारीमा उपचारका क्रममा मृत्यु भएको हो । उनको हृदयघातले मंगलबार मृत्यु भएको उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले जानकारी दिए ।

मिश्रका अनुसार यादवले अन्नपूर्ण चिनी मिलसँग २४ लाख ६३ हजार रुपैयाँ बक्यौता उठाउन बाँकी थियो । उनीसँगै काठमाडौँ आएका किसानका अनुसार उनले विभिन्न व्यक्तिबाट १८ लाख ऋण लिएको र तिर्न नसकेको बताउने गरेका थिए ।

झण्डै ९० करोड भुक्तानी नपाएको भन्दै उखु कृषक मंसिर २८ देखि आन्दोलनरत थिए ।

सोमबार सरकारले किसानसँग गरेको वार्तामा २१ दिनभित्र भुक्तानी दिलाउनेसहितका ४ बुँदे सहमतिपछि कृषकहरूको आन्दोलन स्थगित भएको थियो ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  १ : ५९ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय