उखुको भुक्तानी माग्दै माइतीघरमा आन्दोलन गरेका कृषकको मृत्यु « Khabarhub

उखुको भुक्तानी माग्दै माइतीघरमा आन्दोलन गरेका कृषकको मृत्यु


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उखुको भुक्तानी नपाएपछि काठमाडौँस्थित माइतीघरमा आन्दोलन गरेका एक कृषकको मृत्यु भएको छ ।

रौतहटको धनकौल गाउँपालिका छोटौलका नारायण राय यादवको शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारीमा उपचारका क्रममा मृत्यु भएको हो । उनको हृदयघातले मंगलबार मृत्यु भएको उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले जानकारी दिए ।

मिश्रका अनुसार यादवले अन्नपूर्ण चिनी मिलसँग २४ लाख ६३ हजार रुपैयाँ बक्यौता उठाउन बाँकी थियो । उनीसँगै काठमाडौँ आएका किसानका अनुसार उनले विभिन्न व्यक्तिबाट १८ लाख ऋण लिएको र तिर्न नसकेको बताउने गरेका थिए ।

झण्डै ९० करोड भुक्तानी नपाएको भन्दै उखु कृषक मंसिर २८ देखि आन्दोलनरत थिए ।

सोमबार सरकारले किसानसँग गरेको वार्तामा २१ दिनभित्र भुक्तानी दिलाउनेसहितका ४ बुँदे सहमतिपछि कृषकहरूको आन्दोलन स्थगित भएको थियो ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  १ : ५९ बजे

खडकको कप्तानीमा प्रधानमन्त्री कप क्रिकेट टोली घोषणा

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट

निर्वाचन ३६ दिन बाँकीः आचारसंहिता अनुमगनका लागि अधिकृत तोकियो

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ

आज २०८२ साल माघ १४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ