अनेरास्ववियु केन्द्रीय कमिटी १ हजार ९९ सदस्यीय : स्ववियु निर्वाचनको वातावरण बनाउन आग्रह « Khabarhub

अनेरास्ववियु केन्द्रीय कमिटी १ हजार ९९ सदस्यीय : स्ववियु निर्वाचनको वातावरण बनाउन आग्रह


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले केन्द्रीय सदस्य विस्तार गरेको छ ।

यही पुस १० देखि १२ गतेसम्म काठमाडौँमा बसेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्य सङ्ख्या एक हजार ९९ पुर्‍याएको हो । बैठकबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियुका संयोजक ऐन महरले अनेरास्ववियुको अन्तरिम विधान संशोधन गरी केन्द्रीय सदस्य सङ्ख्या एक हजार ९९ पुर्‍याइएको बताए ।

यस्तै बैठकले समसामयिक राजनीतिक र शैक्षिक प्रस्ताव तथा साङ्गठनिक कार्ययोजनासमेत पारित गरेको छ । बैठकले यही पुस १९ गते काठमाडौँमा भेला गर्ने, २२ गते ७७ वटै जिल्लामा जिल्लास्तरीय भेला र जिल्ला सम्मेलन आयोजक कमिटी गठन गर्ने तथा २५ गते सबै विश्वविद्यालय एकाइको बैठक/भेलाको आयोजना गर्ने भएको उपाध्यक्ष सुनिता बरालले जानकारी दिइन ।

बैठकले कोरोना भाइरसका कारण लामो समयदेखि अवरुद्ध शिक्षा प्रणाली र शैक्षिक सत्रलाई तत्काल शुरु गर्न सरकारसँग आग्रह गरेको छ । बैठकले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्ने वातावरण बनाउन सबै विश्वविद्यालय र सरकारसँग आग्रह गरेको उपाध्यक्ष बरालले जानकारी दिए ।

बैठकले निर्वाचनका लागि वातावरण बनाउन अन्य सहकर्मी सङ्गठनसमक्ष आग्रह गर्ने निर्णय पनि गरेको छ । त्रिभुवन विश्वविद्यालयमा आठ वर्षदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । कक्षा ११ को नयाँ पाठ्यक्रम लागू गर्नसमेत सरकारसँग आग्रह गरिएको छ ।

प्रतिनिधिसभा विघटन भई आगामी २०७८ साल वैशाखमा निर्वाचनको मिति घोषणा भइसकेको र मुलुक निर्वाचनउन्मुख भइसकेकाले सबै मातहत कमिटी र सम्पूर्ण सङ्गठनको पङ्क्तिलाई एक ढिक्का भएर निर्वाचनको केन्द्रित भएर पूर्ण गतिशीलता र शक्तिका साथ परिचालित हुन आह्वान गर्दै सबै राजनीतिक दललाई निर्वाचनको अभियानमा स्वस्थ बहस र प्रतिस्पर्धाका साथ सहभागी भई लोकतान्त्रिक प्रणालीलाई सुदुढ गर्न अनुरोध गरेको छ ।

बैठकले कोभिड–१९ को महामारीबाट प्रभावित निजी र सार्वजनिक क्षेत्रलाई राहत र पुनस्थापनाका कार्यक्रम उपलब्ध गराएर आर्थिक पुनरुत्थान गर्न, रोजगारी गुमाई फर्किएका युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउन र महामारीका कारण जनतामा गरीबी र अभावको थप मार पर्न नदिनका लागि आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  २ : १७ बजे

खडकको कप्तानीमा प्रधानमन्त्री कप क्रिकेट टोली घोषणा

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट

निर्वाचन ३६ दिन बाँकीः आचारसंहिता अनुमगनका लागि अधिकृत तोकियो

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ

आज २०८२ साल माघ १४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ