नेकपाका शीर्ष नेता ओलीविरूद्ध खनिए « Khabarhub

नेकपाका शीर्ष नेता ओलीविरूद्ध खनिए


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल-नेपाल समूहले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्माविरूद्ध शक्ति प्रदर्शन गरेको छ ।

देशव्यापी भनिएको शक्ति प्रदर्शनको केन्द्र काठमाडौँ केन्द्रित भएको छ । काठमाडौँका विभिन्न १३ ठाउँबाट केन्द्रीय नेताको अगुवाईमा भएको जुलुसपछि भृकुटीमण्डपमा आयोजित सभालाई शीर्ष नेताहरुले सम्बोधन गरेका छन् ।

सभामा हजारौँको सहभागिता देखेपछि उत्साहित भएका दाहाल-नेपाल खेमाका नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध खनिएका छन् ।

पूर्वप्रधानमन्त्री एवं नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले निरंकुश शैली अपनाएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्ने समय सकिएको बताएका छन् ।

‘राजतन्त्र विरोधी आन्दोलनका क्रममा पनि मैले भनेको थिएँ । नेपालमा राजतन्त्र तानाशाहा भयो अब राजतन्त्रको आयु सकियो । आज पनि म यो विशाल सभालाई सम्बोधन गर्दै भन्छु निरंकुश शैली अपनाएकाले प्रधानमन्त्री केपी ओलीको पनि नेतृत्व गर्ने आयू अब सकियो ।’

नेपालअघि सभालाई सम्बोधन गरेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीले संविधानको बलात्कार गरेको आरोप लगाएका छन् ।

‘अहिले देशभरबाट राजनीतिक दल, नागरिक समाज सडकमा उत्रिएका छन् । हामीलाई हरेक पटक सडकमा आउन रहर होइन,’ खनालले भने, ‘केपी ओली जस्ता तानाशाहले लोकतन्त्रलाई खोस्ने प्रयास गरेका छन् । संविधानमाथि बलात्कार गरेका छन् । त्यसैले बाध्य भएर सडकमा उत्रनु परेको छ ।’

उनले बालुवाटार अहिले तानाशाहको एक गुट मात्र रहेको बताए । जनताले लोकतन्त्रको रक्षा गर्दै देशको विकास र समृद्धिका लागि दिएको भोट प्रधानमन्त्री ओलीले दूरुपयोग गरेको आरोप लगाए ।

पार्टीको आन्तरिक विवादमा जनप्रतिनिधिको थलो प्रतिनिधिसभालाई प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा असंवैधानिक तवरले पुस ५ मा भंग गरिएको भन्दै दाहाल-नेपाल समूहले आज देशव्यापी प्रदर्शन गरेको हो ।

यही पुस ७ देखि ९ गतेसम्म बसेको नेकपा दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पुस १४ गते प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी जनप्रदर्शन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ३ : २९ बजे

सरकारलाई गायिका एलिनाको प्रश्न : ज्यान जानुको जिम्मेवार को ?

काठमाडौं – तराई मधेशमा फैलिएको तनावमा चार जनाले ज्यान गुमाएपछि

एसएसपीदेखि एआईजीसम्मका १५ उच्च प्रहरी अधिकृतलाई तराई-मधेशमा पठाइयो 

काठमाडौं– तराई–मधेशमा पछिल्ला दिनमा विकसित सुरक्षा अवस्थाको मूल्यांकन गर्दै नेपाल

प्रधानमन्त्रीलाई मधेशवादी दलका नेताले सोधे : चार दिनसम्म के हेरेर बस्नुभयो ? 

काठमाडौं– मधेशवादी दलहरूसँग छलफल गरेका प्रधानमन्त्री वालेन्द्र शाह प्रश्नले घेरिएका

कर्फ्युपछि मधेशका केही जिल्लामा अवस्था शान्त

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शनपछि स्थानीय

मध्यपूर्वमा द्वन्द्व फैलिएपछि १६ जना भारतीय नागरिकको मृत्यु

एएनआई– मध्य पूर्वमा द्वन्द्व सुरु भए देखि यस क्षेत्रमा जारी