नेकपाका शीर्ष नेता ओलीविरूद्ध खनिए | Khabarhub Khabarhub

नेकपाका शीर्ष नेता ओलीविरूद्ध खनिए


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल-नेपाल समूहले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्माविरूद्ध शक्ति प्रदर्शन गरेको छ ।

देशव्यापी भनिएको शक्ति प्रदर्शनको केन्द्र काठमाडौँ केन्द्रित भएको छ । काठमाडौँका विभिन्न १३ ठाउँबाट केन्द्रीय नेताको अगुवाईमा भएको जुलुसपछि भृकुटीमण्डपमा आयोजित सभालाई शीर्ष नेताहरुले सम्बोधन गरेका छन् ।

सभामा हजारौँको सहभागिता देखेपछि उत्साहित भएका दाहाल-नेपाल खेमाका नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध खनिएका छन् ।

पूर्वप्रधानमन्त्री एवं नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले निरंकुश शैली अपनाएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्ने समय सकिएको बताएका छन् ।

‘राजतन्त्र विरोधी आन्दोलनका क्रममा पनि मैले भनेको थिएँ । नेपालमा राजतन्त्र तानाशाहा भयो अब राजतन्त्रको आयु सकियो । आज पनि म यो विशाल सभालाई सम्बोधन गर्दै भन्छु निरंकुश शैली अपनाएकाले प्रधानमन्त्री केपी ओलीको पनि नेतृत्व गर्ने आयू अब सकियो ।’

नेपालअघि सभालाई सम्बोधन गरेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीले संविधानको बलात्कार गरेको आरोप लगाएका छन् ।

‘अहिले देशभरबाट राजनीतिक दल, नागरिक समाज सडकमा उत्रिएका छन् । हामीलाई हरेक पटक सडकमा आउन रहर होइन,’ खनालले भने, ‘केपी ओली जस्ता तानाशाहले लोकतन्त्रलाई खोस्ने प्रयास गरेका छन् । संविधानमाथि बलात्कार गरेका छन् । त्यसैले बाध्य भएर सडकमा उत्रनु परेको छ ।’

उनले बालुवाटार अहिले तानाशाहको एक गुट मात्र रहेको बताए । जनताले लोकतन्त्रको रक्षा गर्दै देशको विकास र समृद्धिका लागि दिएको भोट प्रधानमन्त्री ओलीले दूरुपयोग गरेको आरोप लगाए ।

पार्टीको आन्तरिक विवादमा जनप्रतिनिधिको थलो प्रतिनिधिसभालाई प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा असंवैधानिक तवरले पुस ५ मा भंग गरिएको भन्दै दाहाल-नेपाल समूहले आज देशव्यापी प्रदर्शन गरेको हो ।

यही पुस ७ देखि ९ गतेसम्म बसेको नेकपा दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पुस १४ गते प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी जनप्रदर्शन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ३ : २९ बजे

दुई तिहाइको सरकारले अर्थतन्त्र सुधार्न सकेन : वर्षमान 

काठमाडौं– पूर्व अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन

गाजामा इजरायली आक्रमण, १५ जनाको मृत्यु

एजेनसी – गाजाको नागरिक सुरक्षा एजेन्सीले मंगलबार प्यालेस्टिनी क्षेत्रमा इजरायली

विद्या भण्डारीले भनिन् : मलाई विधान महाधिवेशनमा जान दिँदैनन्, छेक्छन् भन्‍ने थाहा थियो

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू सक्रिय राजनीतिमा फर्किन खोजेपछि नेकपा

जीसीसेभेन कार्यक्रम सञ्चालनका लागि मागिएका कर्मचारीको परीक्षा तालिका सार्वजनिक

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा अन्तर्गतका निकायहरूमा ग्लोबल फन्ड

विपद् प्रभावितलाई आवास निर्माणमा सरकार लागिपरेको छ : गृहमन्त्री 

काठमाडौं– गृहमन्त्री रमेश लेखकले तीव्र रुपमा अस्थायी आवास र निजी