दुईतिहाइ मत पाएको तीन वर्षपछि सडकमा उत्रनुपर्छ भन्ने सोचेको थिएन– प्रचण्ड « Khabarhub

दुईतिहाइ मत पाएको तीन वर्षपछि सडकमा उत्रनुपर्छ भन्ने सोचेको थिएन– प्रचण्ड


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाई मत पाएको पार्टी तीन वर्षमै सडकमा उत्रनुपर्छ भन्ने नसोचेको बताएका छन् ।

ठूलो सोच राखेर पार्टी एकता गरेको तीन वर्षभित्रै पार्टी अध्यक्षविरुद्ध आवाज उठाउँदै सडकमा आउनुपर्छ भन्ने आफूलाई नलागेको बताए ।

उनले अहिले देशभरबाट ओलीविरुद्ध प्रदर्शन गरिरहेको बताए ।

उनले लोकतान्त्रिक प्रणालीविरुद्ध गरिएको प्रहारकाविरुद्ध सडकमा आएको बताए ।

आफूहरुले ७० वर्षदेखि विभिन्न चरणका आन्दोलन गरेको भन्दै प्रचण्डले संविधानसभाबाट संविधान बनाएर अघि बढ्ने सोचका साथ हामीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको स्मरण गरे ।

हजारौँ नेपालीले ज्यान गुमाएर ल्याएको गणतन्त्र संस्थागत हुन नसकेपछि सडकमा आउने परेको बताए ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ३ : ५० बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल