वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलले संसदीय दलका उपनेता र सचेतकलाई हटाए « Khabarhub

वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलले संसदीय दलका उपनेता र सचेतकलाई हटाए


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा संसदीय दलका उपनेता र सचेतकलाई पदमुक्त गरेका छन् ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा दाहाल–नेपाल समूहका ४५ जना सांसदको नेतृत्व गरेका उपनेता शालिकराम जम्कट्टेल र सचेतक बुद्धिमान माझीलाई उनले मंगलबार पदमुक्त गर्दै स्पष्टीकरण सोधेका छन् ।

उनीहरुसहित ३० जना सांसदलाई स्पष्टिकरण सोधिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

पार्टी गतिविधि गरेको, सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउन भूमिका खेलेको भन्दै उनीहरुलाई पदबाट हटाइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री पौडेल प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षधर हुन भने कारबाहीमा पर्ने जम्कट्टेल र माझी प्रचण्ड नेपाल पक्षधर हुन्। पदमुक्त गरिएका दुवैजना तत्कालीन माओवादीको तर्फबाट प्रदेशसभा निर्वाचित भएका थिए ।

नेकपाको दाहाल–नेपाल समूहका प्रदेशसभा सदस्यले पुस १० गते शुक्रबार मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ७ : ०६ बजे

पौडी खेल्नक्रममा डुबेर तीन जनाको मृत्यु

कर्णाली– सुर्खेत र दैलेखमा खोलामा पौडी खेल्ने क्रममा डुबेर तीनजनाको

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरेका

रास्वपा महाधिवेशन: ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन पक्का, पदाधिकारी छान्न सकस

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा ९९

रास्वपालाई कांग्रेस सभापति थापाको शुभकामना : संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी

फिफा विश्वकप : इक्वेडर र कुरासाओले खेले गोलरहित बराबरी

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह ‘ई’ का इक्वेडर