लिङ्देनको नेतृत्वमा पुनः लिम्बूवान आन्दोलन शुरु « Khabarhub

लिङ्देनको नेतृत्वमा पुनः लिम्बूवान आन्दोलन शुरु


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– तीन तहको निर्वाचनपछि साम्य बनेको लिम्बूवान आन्दोलन पुनः  शुरु भएको छ ।

शुरुवाती समयदेखि नै लिम्बूवान आन्दोलनको अग्र मोर्चा सम्हाल्दै आएका कुमार लिङ्देनको नेतृत्वमा पुन आन्दोलन शुरु भएको हो ।

यसैक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बूवान मञ्चले मंगलबार दमकमा बिरोधसभा गरेको छ । संघीयता र परिवर्तनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको भन्दै मञ्चले सभा गरेको जनाएको छ ।

विरोधसभामा सहभागी हुन विभिन्न ठाउँका कार्यकर्ताहरु दमक आएका थिए । कार्यकर्ताहरुको जुलुस नगरका विभिन्न भागको परिक्रमापछि गणतन्त्र चोकमा विरोधसभामा परिणत भएको थियो ।

सभामा बोल्दै अध्यक्ष कुमार लिङ्देनले पहिचानको विरोध गर्नेहरु आफैं टुक्रा टुक्रा भएर विभाजन भएको तर्क गरे ।

संघीयता पछि प्राप्त उपलव्धीहरुलाई कमजोर बनाउन र लोकतन्त्र, गणतन्त्र तथा धर्मनिरपेक्षताका विरुद्धमा गतिविधि हुन थालेको भन्दै उनले त्यस्ता कार्यकाविरुद्ध मञ्चले प्रतिरोध गर्ने चेतावनी दिए ।

सभामा बोल्ने अन्य वक्ताहरुले पनि लिम्बूवान राज्य प्राप्ति नभए सम्म आन्दोलन नरोकिने बताएका थिए ।

तत्कालीन पूर्वाञ्चलका ९ जिल्लालाई लिम्बूवान राज्य घोषणा गर्न माग गर्दै आन्दोलन गर्दै आएको लिम्बूवान निर्वाचनपछि अंकगणितीय रुपमा कमजोर बनेको थियो ।

मधेश केन्द्रित दलहरु एकीकरण हुँदै पछिल्लो पटक जनता समाजवादी पार्टी बन्दासम्म लिम्वूवान आन्दोलन गर्दै आएका केही घटक त्यसमा समाहित भइसकेका छन् ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ७ : २६ बजे

तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैङ्क

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका

अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न अन्तिम पटक १५ दिन थप, अब म्याद नथपिने

काठमाडौं– काठमाडौँ उपत्यकामा वर्षौंदेखि बिजुलीका खम्बामा गुजुल्टिएका, लत्रिएका तथा प्रयोगविहीन

ब्रोड पिक हिमपहिरो : चारवटा शव भेटिँदा एकजना नेपाली र ओमानी आरोहीको परिचय खुल्यो

काठमाडौं- पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा

फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

जेनेभा– फिफा विश्वकपलगायतका प्रमुख प्रतियोगितामा निजी इक्विटी लगानी भित्र्याउने अध्यक्ष

दुई धार्मिक समुदायका अगुवालाई एकै ठाउँ राखे रविले

काठमाडौं- सुनसरीसहित तराई-मधेशमा देखिएको तनाव कम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी