अब घरमै बसेर गंगालाल अस्पतालको टिकट काट्न सकिने « Khabarhub

अब घरमै बसेर गंगालाल अस्पतालको टिकट काट्न सकिने


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अब अस्पतालको टिकट काट्न लाइन बस्नु नपर्ने भएको छ ।

अस्पतालको ओपिडी टिकट लिन बिरामी तथा बिरामीको आफन्तले घन्टौं लाईनमा बस्नु नपर्ने गरी प्रभु पेबाट सजिलै टिकट काट्न सकिने छ । गंगालाल अस्पतालको ओपिडी टिकट लिन बिरामी तथा बिरामीको आफन्तले घन्टौं लाईनमा बस्नु नपर्ने भएको हो ।

प्रभु पेका अनुसार बिरामी वा आफन्तले घरमा बसेर नै अस्पतालको ओपिडी टिकट काट्न सक्नेछन् । प्रभु पे मोबाइल वालेटमार्फत शहिद गंगालाल अस्पतालको ओपिडी टिकट लिन सक्ने प्रभु पेले जानकारी दिएको छ ।

अस्पतालले बिरामीको सहजताका लागि प्रभु पे मोवाइल वालेट मार्फत अनलाइन टिकट काट्ने व्यवस्था सुरु गरेको अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले अस्पतालको २४ औं बार्षिकोत्सवको अवसरमा जानकारी दिएका हुन् ।

‘अस्पतालमा ओपिडीको टिकट लिनका लागि लामो लाइन बस्नुपर्ने बाध्यता बिस्तारै कम हुदै जाने तथा मोबाइल एप मार्फत घरमा नै बसेर टिकट काट्न सक्ने भएपछि बिरामीलाई सुबिधा हुने अधिकारीको भनाई रहेको छ । उनले भने, ‘अहिले यो सेवामार्फत टिकट काट्नका लागि मोबाइल प्रयोगकर्ताले प्रभु पे मोबाइल बालेट नामक एपलाई डाउनलोड गर्नुपर्छ ।’

प्रभु पे वालेटमा रजिष्टर भएपछि आफ्नो विभिन्न बैंकबाट रकम जम्मा गर्न सकिनेछ । हस्पिटल बटन भित्र प्रवेश गरेपछि शहिद गंगालाल अस्पतालमा क्लिक गर्नुपर्ने हुन्छ ।

अस्पताल क्लिक गरेपछि त्यहाँ नयाँ वा पुरानो ओपिडी भन्ने विकल्प आउने छ । त्यसमा पुरानो हो भने पुरानो र नयाँ हो भने नयाँ ओपिडी छानेर आफूले जाँच गर्न चाहेको विभाग र डाक्टर तथा मिति छान्नुपर्ने हुन्छ ।

जसमा विरामीले आफ्नो सबै विवरण भरे पछि टिकटको मुल्य आफ्नो प्रभु पे मोवाइल वालेटमा रहेको ब्यालेन्सबाट काटिनेछ । अस्पतालले हाललाई जनरल ओपिडी तथा पेइङ क्लिनिक दुबै टिकट काट्नका लागि यो सेवा उपलब्ध गराएको जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  २ : २९ बजे

क्यामेराबाट भागिरहेका रास्वपाका ‘सेलिब्रेटी’ नेता

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताको मिडियासँग सातो

इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर

म्याग्दी – म्याग्दीको रणनीतिक महत्त्वको दरवाङ–मुना–ढोरपाटन सडक योजना निर्माण सुस्ताएको

मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

इलाम– २०५० सालमा हरिबहादुर तामाङले पसल सुरु गर्दा इलामको फिक्कल

प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाको

गाउँमा बाँदर निषेध गरे सुकुम्बासी समस्या आधाले निरुपण हुन्छ : अर्थशास्त्री हरि रोका

काठमाडौँ– अर्थशास्त्री हरि रोकाले सरकारलाई सहरमा सुकुम्बासी बस्न निषेध गर्नुभन्दा