कोरोनाको त्रासले जर्मनीको हेस्का राज्यका अर्थमन्त्रीले गरे आत्महत्या « Khabarhub

कोरोनाको त्रासले जर्मनीको हेस्का राज्यका अर्थमन्त्रीले गरे आत्महत्या


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जर्मनीको हेस्का राज्यका अर्थमन्त्री थोमक स्किफर मृत भेटिएका छन् ।

फ्रान्कफर्ट र मेन्जको बीचमा रहेको होचिम शहरको एक रेल लाइनमा उनको शव भेटिएको स्थानीय प्रहरीले जनाएको छ।

क्षतविक्षत अवस्थामा भेटिएको शव पहिचानमा प्रहरीलाई कठिनाई उत्पन्न भए पनि उक्त शव अर्थमन्त्री थोमक स्किफरको नै रहेको त्यहाँको प्रहरीले पुष्टि गरेको हो।

थोमकले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले उल्लेख गरेको छ । कोरोना भाइरसको संक्रमणका कारण राज्यमा चरम आर्थिक संकट उत्पन्न भएपछि थोमक तनावमा थिए।

कोरोना भाइरसका कारण उत्पन्न संकटका कारण थोमक अत्यधिक चिन्तामा बाँचिरहेको र सोही कारण उनले आत्महत्या गरेको हुन सक्ने उनको नजिक रहेर काम गरेका एक अधिकारीको भनाई छ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ६ : १९ बजे

बजेट नहुँदा अस्पताल भवन निर्माणमा ढिलाइ

गोदावरी– बजेट अभावमा जिल्लाको विकट पहाडी भेगमा पर्ने मोहन्याल गाउँपालिकामा

बिहीबार सुनचाँदीको मूल्य घट्यो

काठमाडौं – बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

उज्यालो नेपालप्रति महासचिव पोखरेलको कटाक्ष- जसको योजना उसलाई श्रेय दिने कहिले ?

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कुलमान घिसिङको उज्यालो

काँकरभिट्टाबाट नाकाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वीनाका

धोबी खोलामा साइकलसहित भेटिएको शवको पहिचान

काठमाडौं – धोबी खोलामा साइकलसहित भेटिएको शवको पहिचान खुलेको छ।