बलिउड अभिनेता ऋषि कपुर अस्पताल भर्ना « Khabarhub

बलिउड अभिनेता ऋषि कपुर अस्पताल भर्ना


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  बलिउड अभिनेता ऋषि कपुर अस्पताल भर्ना भएका छन्।

क्यान्सरबाट पीडित उनलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको उनका दाजु एवं अभिनेता रनधीर कपुरले  पुष्टि गरेका हुन्।

६७ वर्षे ऋषिलाई बुधबार मुम्बईको रिलायन्स फाउण्डेस अस्पतालमा भर्ना गरिएको हो। सन् २०१८ मा क्यान्सर देखिएपछि एक वर्ष भन्दा बढी अमेरिका बसेर उनले उपचार गरेका थिए।

उनको हेरचाहका लािग पत्नी नीतू कपूर अस्पतालमा रहेकाे जनाइएको छ । नीतूले जनाए अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । 

“उनी अस्पतालमा छन्। क्यान्सरबाट पीडित छन् र सासको समस्या छ, त्यसैले उनलाई अस्पतालमा भर्ना गरिएको हो । अहिले स्वास्थ्य अवस्था  स्थिर छ।,” रणधीरले भने।

चिकित्सकले उनलाई कोरोनाभाइरस संक्रमण भएको हुनसक्ने आशंकामा आज त्यसको परीक्षण गर्ने भएका छन्। उनलाई सामान्य ज्वरो आएको छ र छातीमा संक्रमण भएको छ। दुई जना विज्ञ चिकित्सकले उनको उपचार गरिरहेका छन्।

अघिल्लो बिहीबार पनि उनको स्वास्थ्य बिग्रिएको थियो। उनलाई अस्पताल भर्ना गरिए पनि चार घन्टामै डिस्चार्ज गरिएको थियो। बन्दाबन्दीको बेला अस्पताल जानका लागि महाराष्ट्र सरकारले उनका लागि विशेष पास जारी गरेको थियो।

उनलाई सन् २०१८ मा क्यान्सर भएको पत्ता लागेको थियो। त्यसपछि उनी उपचारका लागि अमेरिकाको न्यूयोर्क पुगेका थिए। पत्नी नीतूसँगै ११ महिना अमेरिकामा उपचार गरे गत सेप्टेम्बरमा मात्र उनी भारत फर्किएका थिए।

अमेरिकाबाट फर्किएर आएपछि आफू ठीक भएको र जुनसुकै काम गर्न सक्ने भएको ऋषि कपुरले बताएका थिए।

अमेरिकाबाट फर्किएपछि ऋषिले दिल्लीमा जूही चावलासँगै ‘शर्माजी नमकीन’ नामको फिल्म गरे थिए। उनको स्वास्थ्यमा समस्या देखिएपछि सुटिङ क्यान्सिल गरिएको थियो । 

ऋषि कपुरका प्रशंसकहरूले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ८ : १२ बजे

नवलपुर–२ : रास्वपाका उम्मेदवार मनिषको वाचापत्र सबैभन्दा पहिले आमालाई 

काठमाडौं– नवलपरासी (बर्दघाट सुस्ता पुर्व) नवलपुर–२ का राष्ट्रिय स्वतन्त्र पार्टी

शेखर कोइरालाको प्रतिबद्धता- सुकुम्बासी व्यवस्थापन र विराटनगर चक्रपथ निर्माण 

विराटनगर– नेपाली कांग्रेसका वरिष्ठ नेता तथा मोरङ क्षेत्र नं. ६

विद्यालय शिक्षामा ठूला दल : कानुन बनाउने बेला एउटा, घोषणापत्रमा अर्को

काठमाडौं– विद्यालय शिक्षालाई हेर्ने विषयमा दलको व्यवहार र चुनावी घोषणापत्र

निर्वाचनका लागि स्रोतसाधन अभाव हुँदैन : अर्थमन्त्री खनाल

ललितपुर– अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनका निम्ति आवश्यक स्रोतसाधनको कमी हुन

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं– आज स्थानीय बजारमा बिहीबारको तुलनामा सुनको मूल्य स्थिर छ