ऋषि कपूरको अन्त्येष्टिमा २० जना सहभागी, लकडाउनका कारण रोकिइन् छोरी « Khabarhub

ऋषि कपूरको अन्त्येष्टिमा २० जना सहभागी, लकडाउनका कारण रोकिइन् छोरी


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- चर्चित भारतीय अभिनेता ऋषि कपूरकोे अन्त्येष्टि गरिएको छ । मुम्बइको चन्दनवाडीस्थित आर्यघाटमा अन्तिम संस्कार गरिएको हो ।

६७ वर्षका कपूरको विहीबार विहान पौने ९ बजे निधन भएको थियो । बुधवार स्वास्थ्यमा समस्या आएपछि मुम्बइको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा उनलाई भर्ना गरिएको थियो ।

कपुर परिवारका तर्फबाट जारी गरिएको एक विज्ञप्तिमा भनिएको थियो, ‘हाम्रा प्यारा ऋषि कपूरको ल्यूकेमियासँग दुई वर्षको युद्धपछि आज विहान ८: ४५ बजे अस्पतालमा निधन भएको हो ।’

अन्तिम संस्कारमा २० जना सहभागी भएका थिए । जसमा परिवारका सदस्य बाहेक अन्य केही नातेदार सहभागी थिए ।

अन्तिम संस्कारमा नीतू कपूर, रणबीर कपुरका अलावा सेफ अली खान, करीना कपुर, आलिया भट्ट, अभिषेक बच्चन उपस्थित थिए ।
ऋषिकी छोरी रिद्धिमा कपुर साहनी लकडाउनका कारण अन्तिम संस्कारमा उपस्थित हुन पाइनन् ।

ऋषि दिग्गज अभिनेता राज कपूरका दोस्रा छोरा थिए । ऋषिका भाइ रणधीर र राजीव कपुर तथा बहिनीहरु ऋतु नन्दा र रिमा जैन हुन् ।
ऋषिले सयौं फिल्म खेलेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ७ : ४४ बजे

कुमारी बैंकको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको २५ औँ वार्षिक साधारण सभा काठमाडौंको

काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट चुनावी अभियान सुरु

इरानमा हिंसा बढ्दै, संयम हुन ट्रम्पको आग्रह

एजेन्सी– इरानमा पछिल्ला दुई सातादेखि जारी विरोध प्रदर्शनका क्रममा मृत्यु

बैंकबाट लुटिएको पैसा खोज्दा खुर्कोटमा भेटियो शंकास्पद ६० हजार डलर

काठमाडौं- सिन्धुलीको घ्याङ्लेखमा रहेको एसबीआई बैंक लुटपाट भएपछि खोजी कार्यमा

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठक सानेपामा