ललितपुरकी २३ वर्षीया कोरोना संक्रमित ६ दिनकी सुत्केरी  « Khabarhub

ललितपुरकी २३ वर्षीया कोरोना संक्रमित ६ दिनकी सुत्केरी 


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शनिबार कोरोना भाइरसको संक्रमण पुष्टि भएकी ललितपुरकी महिला ६ दिनको सुत्केरी भएको खुलेको छ ।

आज नियमित लाइभ अपडेटमा स्वास्थ्य मन्त्रालयले ललितपुरकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो ।

किष्ट मेडिकल कलेजका चिफ अप्रेटिङ अफिसर अमिश पाठकले स्वास्थ्य मन्त्रालयले आज संक्रमण पुष्टि गरेको ललितपुरकी २३ वर्षीया महिला ६दिने सुत्केरी भएको जानकारी दिएका हुन् ।

उनका अनुसार ती महिला जेठ ११ गते सुत्केरी गराउन किष्ट मेडिकल केलेजमा भर्ना भएकी थिइन् । उनको नर्मल डेरीभरी नहुने अवस्था भएपछि चिकित्सकहरुले ती महिलालाई जेठ १२ गते शल्यक्रिया गरेर सुत्केरी गराएका थिए ।

अस्पताले शल्यक्रिया गर्नुअघि १२ गते नै ती महिलाको कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरी प्रयोगशालमा पठाएको थियो ।

किष्ट मेडिकल कलेजमा सुत्केरी भएकी ती महिलाको स्वास्थ्य अवस्था सामान्य बन्दै गएपछि अस्पतालले जेठ १५ गते नै अस्पतालबाट डिस्चार्ज गरिदिएको थियो ।

तर उनको कोरोना परीक्षणको रिपोर्ट भने आज मात्र आएको हो ।

‘शल्यक्रिया गरेर सुत्केरी गराउने भएपछि हामीले स्वाब संकलन गरेर प्रयोगशालमा पठाएका थियौं, उहाँको १२ गते शल्यक्रिया भयो स्वास्थ्य अवस्था समान्य भएपछि १५ गते डिस्चार्ज गरेका थियौं,’ पाठकले खबरहबसँग भने, ‘उहाँको कोरोनाको रिपोर्ट आज पोजेटिभ आएछ ।’

आफ्नो अस्पतालमा उपचारत महिलाको कोरोनाको रिपोर्ट आज पोजेटिभ आएको जानकारी आएपछि अहिले ती महिलालाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली उनको घरमा पुगिसकेको पाठकले बताए ।

आफ्नो अस्पतालमा सुत्केरी भएकी महिलाको कोरोनाको रिपोर्ट पोजेटिभ आएपछि उनको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको बताए ।

‘अहिले हामीले ती महिलाको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको ५० जनाको टोलीलाई क्वारेन्टाइमा राखेका छौं,’ पाठकले भने, ‘उहाँहरु आफ्नै घरमा हुनेहरु घरमै होम क्वारेन्टाइनमा बस्नुभएको छ, उपत्यकामा भाडामा बस्नेलाई अस्पतालमै क्वारेन्टाइमा राखेका छौं ।’

पाठकका अनुसार किष्ट मेडिकल कलेजमा यसअघि जेठ १४ गते एकजना कोरोना संक्रमितको मृत्युभएको थियो ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ८ : ४२ बजे

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले