उद्योग वाणिज्य महासंघ चुनाव : प्रधान पक्षले खोल्यो सम्पर्क कार्यालय « Khabarhub

उद्योग वाणिज्य महासंघ चुनाव : प्रधान पक्षले खोल्यो सम्पर्क कार्यालय


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  आगमी साउन अन्तिम साता हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका दावेदार किशोर प्रधान पक्षले तयारी तीव्र पारेको छ ।

साउन २५ र २६ गते हुने नयाँ निर्वाचनको लागि किशोर प्रधानको टिमले सम्पर्क कार्यालयसमेत खोलेको छ।

सम्पर्क कार्यालयको उद्घाटन शेखर गोल्छाले गरेका छन्। उद्घाटन कार्यक्रममा निवर्तमान अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्षहरु कुशकुमार जोशी, विनोदबहादुर श्रेष्ठ सहभागी थिए।

ललितपुरको पुल्चोकस्थित याक पार्टी प्यालेसमा सम्पर्क कार्यालय स्थापना खोलिएको छ ।

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ। यसपटक शेखर गोल्छा स्वतः अध्यक्ष बन्दै छन्।

यस्तै वरिष्ठ उपाध्यक्षको पदका लागि चन्द्रप्रसाद ढकालको नेतृत्वमा पनि चुनावी मैदानमा होमिएको छ ।

यस पटकको निर्वाचनमा प्रधान र ढकालको प्यालनबीच चुनावी प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ८ : ०८ बजे

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप