एजेण्डामै प्रवेश नगरी सकियाे आजको नेकपा स्थायी कमिटी बैठक | Khabarhub Khabarhub

एजेण्डामै प्रवेश नगरी सकियाे आजको नेकपा स्थायी कमिटी बैठक


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिका कारण नेकपाको स्थायी कमिटी बैठकमा आज पूर्वनिर्धारित कार्यसूचीमा प्रवेश र छलफल नै नगरी सकिएको छ ।

सरकार हटाउन भारत लागिपरेको भन्दै ओलीले अभिव्यक्ति दिएपछि मङ्गलबार स्थायी कमिटी त्यही विषयमा केन्द्रित भएको थियो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा एमालेको नाममा दल दर्ताका लागि परेको निवेदनका विषयमा मात्र छलफल भएको जानकारी दिए ।

बैठकमा आज सीमा समस्यासम्बन्धी छलफल सकाएर कोभिड–१९ को विषयमा कार्यसूची रहे पनि छलफल हुन नसकेको उनले बताए ।

‘सीमा समस्या विषयमा बोल्न बाँकी सदस्यहरुले धारणा राख्ने र कोभिड–१९ को विषयमा छलफल गर्ने कार्यसूची थियो ‘, उनले भने , तर यो बीचमा अन्य विषयमा पनि पार्टीमा छलफल गर्नुपर्ने आवश्यकता महसुस गरेर स्थायी कमिटीले मदन जयन्तीका अवसरमा प्रधानमन्त्रीले आफूलाई हटाउन खोजेको, भारत र पार्टीका नेताहरुकै संलग्नताको पनि चर्चा भएको सन्दर्भमा स्पष्ट हुनुपर्ने भएकाले छलफल त्यसैमा केन्द्रित भयो ।’

दल दर्ताको विषयमा प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै श्रेष्ठले भने, ‘म यही पार्टीको अध्यक्ष भएकाले मेरो पार्टी यही हो ।’

मङ्गलबारको बैठकमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र भीम रावललगायत १८ जना नेताहरुले आफ्नो धारणा राखेका थिए ।

अर्को बैठक बुधबारका लागि बोलाइएको छ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ८ : ३० बजे

चिनियाँ विश्लेषकले जब गङ्गाभन्दा उत्तरमा पर्ने भूभाग चीनको हुनुपर्ने बताए…

काठमाडौं– चिनियाँ कम्युनिष्ट पार्टीनिकट एक जना राजनीतिक विश्लेषकले भारतको गङ्गा

स्रोत साधनको अधिकतम उपयोगमार्फत समृद्धितर्फ अगाडि बढ्न सकिन्छ : अर्थमन्त्री

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा भएका स्रोत साधनको

मौसम विभागले भन्यो- एक साताभित्र देशभर मनसुन सक्रिय हुन्छ

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले एक साताभित्र देशभर मनसुन

शेरधनको तर्क- ओलीलाई विस्थापित गर्न पूर्वराष्ट्रपति आउने होइन, राजनीति गर्ने इच्छा देखाउनु भएको छैन

काठमाडौं- नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शेरधन राईले पूर्वराष्ट्रपति

विश्व बैंकको सहयोगमा पोखरामा तीन सडक निर्माणाधीन

गण्डकी– नेपाल सहरी शासकीय पूर्वाधार आयोजनाअन्तर्गत कास्कीको पोखरा महानगरपालिकामा तीन